सिन्धु उद्योग वाणिज्य संघको अधिवेशनमा चार आकाँँक्षी, घच्चीको चुनावी प्रतिश्पर्धा हुने
दिनेश दुलाल
चैत्र २, बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको एघारौँ अधिवेशन आउन अब ८ दिन मात्रै बाँकी रहँदा अध्यक्ष पदका लागि चार आकांक्षी सतहमा मात्र देखिएका छैनन । आफूलाई चिताउन सामाजिक सञ्जाल मार्फत उद्योगी व्यवसायीहरुलाई मत समेत माग्न थालेका छन् । सिन्धेपाल्चोक उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन आगमी चैत्र ९ र १० गते हुँदैछ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष देखि पदाधिकारी तथा सदस्य पदका लागि सर्वसहमतिबाट चुनिने परम्परा यसपटक तोडिने सम्भावना देखिएको छ । अधिवेशन नजिकै गर्दा अध्यक्ष पदका आकाँक्षीहरुले आफ्नो उम्मेदावारी दावी रहेको विभिन्न माध्यामबाट खुलासा गरेका छन् । जसअन्र्तगत व्यापारीत्रय बुद्धराज बस्नेत, शम्भु तिमल्सिना, सुमन खत्री र भोटेकोसी गाउँपालिकानिवासी व्यवसायी अमृत कार्कीले नेतृत्वमा आउन आकांक्षा राखेका छन् ।
अध्यक्ष पदमा आँकाक्षा देखाएका बस्नेत ८ औं अधिवेशनका प्रत्यासी हुन् । उनले त्यतिबेला कमल कुमार श्रेष्ठसंग प्रतिश्पर्धा गरेका थिए । त्यस्तै अर्का आकाँक्षी कार्की वर्तमान कार्यसमितिको द्वितीय उपाध्यक्ष र तिमिल्सिना माहासचिव हुन् । त्यस्तै सुमन खत्री अघिल्लो कार्यसमितिको मानर्थ द्वितीय उपाध्यक्ष हुन् ।
हाल संघमा २९ सय सदस्य कार्यसमिति रहेको छ । वर्तमान अध्यक्ष राजकुमार बस्नेतले नदोहो¥याउने लगभग निश्चित भएपछि चार हस्ती सतहमा देखिएका हुन् । अध्यक्षका आकाँक्षी चारैजना व्यापारी हुन् । संघको सल्लाहकार समितिमा सहसभापतिको भूमिकामा रहेका बुद्धराज बस्नेतले यसपटक आफूले कुनैपनि हालतमा अध्यक्ष नछाड्ने प्रतिक्रिया दिए । एकताका माओवादी केन्द्रको नेता समेत बनेका बस्नेत स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतकै सल्लाहमा पुरानै पार्टी कांग्रेसमा फर्किएपछि उनलाई पूर्व शर्त अनुसार कांग्रेसको पूर्ण समर्थन रहने अडकल गरिएको छ । माहासचिव रहेका शम्भुबहादुर तिमिल्सिनाले अध्यक्षमा कुनैपनि हालतमा नछाड्ने ठोकुवा गरेका छन् ।
अर्का उम्मेदवार सुमन खत्री नयाँ जोश जागँर र नयाँ भिजनका साथ संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनले कुनैपनि हालतमा अध्यक्ष पदबाट पछि नहट्ने संकेत दिएका छन् । उम्मेदवारहरु मध्येबाट उनको उम्मेदवारी नयाँ सोचका साथ आकार्षक उम्मेदवार हुने उद्योगीहरुको दावी छ । ‘हलोदेखी हाईड्रो’ सम्म उद्योगी समानता तथा समावेशीताको नारा लिएर अध्यक्षको दावेदारी रहेका खत्री युवाहरुको आकार्षक पात्र बनेर खडा भएका छन् । आफू नेतृत्वमा पुगे संगै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई साँच्चैको उद्योगवाणिज्य संघमा रुपान्तरण गर्ने उनले ठोकुवा गरे । मासंघका पूर्व केन्द्रीय सदस्य विष्णु खत्रीका भाई भनेर चिनिएपनि सुमनले आफ्नै पहिचान बनाउन सफल भएका छन् । त्यस्तै अर्का उम्मेदवार अमृत कार्कीले आफूले पनि अध्यक्षको दावी नछाड्ने बताएका छन् ।
उता वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रामकाजी पौडेल नेपालमा छैनन् । प्रथम उपाध्यक्ष उमेश कसजू हाइड्रोपावर व्यवसायी हुन् । हालसम्म उनले नेतृत्वमा आउने चाहना राखेका छैनन् । तृतीय उपाध्यक्ष सूर्यबहादुर कार्कीले प्रथम वा द्वितीय उपाध्यक्षका लागि तयारी गरेको बुझिएको छ ।
मानार्थ उपाध्यक्षद्वय जगन्नाथ चालिसे र दिलीपराज गिरीले समेत प्रथम उपाध्यक्षको लागि रुचि देखाएका छन् । उता महासचिवका लागि हालका सचिव ईश्वर गुभाजूले दाबी गरेका छन् उनीहरु तीनैजना माओवादी केन्द्र निकट हुन् । त्यसैगरी वर्तमान कोषाध्यक्ष उमेश प्रधानले उपाध्यक्षमा र वर्तमान सहकोषाध्यक्ष रहेका विचारी पराजुलीले सचिव पदको आकाँक्षा देखाएका छन् ।
अन्य पदाधिकारीको लागि सर्वसहमति गराउने प्रयास भएपनि अध्यक्ष पदमा सर्वसहमत गराउन नसकिने देखिपछि उद्योगवाणिज्य संघले चुनावै गराउनु मनस्थितिमा पुगेको हो । सिन्धेपाल्चोक उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले जानकारी दिए । जसको लागि सदस्य अनाधिकृत रुपमा बीचमा थपिने परिपार्टीलाई यसपटक कडाई गरिएको उनको भनाई छ । अध्यक्ष बस्नेतका अनुसार गत दुई साता अघिनै थप सदस्यता तथा नविकरण प्रक्रिया बन्द गरिसकिएको छ । संघको हाल सम्मको प्रारम्भिक सदस्य संख्या २ हजार ५ सयको हाराहारीमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कार्यलय प्रमुख इश्वरीप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार संघको आजिवन सदस्य ७३ जना रहेको छ । आजिवन सदस्यको हकमा भने फागुन मसान्त सम्म खुल्ला गरिएको संघले जनाएको छ । स्मरण रहोस संघको यस अघिको सदस्य संख्या २ हजार ८ सय रहेको थियो ।