जुगल बोर्डिङ ३४ औँ बर्षमा, नगरको भार कम गर्न जुगलले सघाएको छ – नगरप्रमुख सापकोटा

निर्मल बस्नेत
फागुन १७, चाैतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको जुगल बोर्डिङ हाईस्कुल चौताराको ३४ औँ बार्षिर्कोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगरपालिका संघका उपाध्यक्ष एवं चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शिक्षामा नगरपालिकाको भार कम गर्न जुगल बोर्डिङ हाईस्कुल चौताराले सघाउ पुर्याएको बताएका छन् ।

नगरप्रमुख सापकोटाले संस्थागत रुपमा जुगल बोर्डिङले बिविध सम्मान र अतिरिक्त क्रियाकलापको साथ रचनात्मक कार्यक्रम गरेकोमा धन्यबाद ज्ञापन गरे । शिक्षा ,साहित्य र कलामा योगदान गर्नेहरुलाई सम्म्मान गरेर जुगलले छुट्टै आदर्श निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । शिक्षा आर्जनको लागि बिद्यार्थीहरु संगै अभिभावकहरुलाई पनि डोहोर्याएको दृश्य देखेर नगरप्रमुख हर्सित भएका थिए । नगरप्रमुख भन्छन् “ अन्य सामुदायिक बिद्यालयमा अभिभावकहरुको सहभागिता न्यून हुने गरेको छ, त्यसमा पनि चासो र निगरानी पनि नहुने पाएको छु ।” जुगलको कार्यक्रममा भने अभिभावकहरुले समेत चासो देखाएकोमा खुसी प्रकट गर्दै उपस्थित अभिभावकहरुलाई धन्यबाद व्यक्त गरेका छन् । अन्त्यमा सापकोटाले भने यो भार नगरलाई पर्ने थियो जुगलले गरेर नगरलाई समेत सघाएको तर्क गरे ।

कार्यक्रममा चर्चित हास्यकलाकार जितु नेपाल मुन्द्रेको हास्यव्यङ्गात्मक प्रस्तुतीले छुट्टै रौनकता छाएको थियो । उनले बर्तमान शिक्षा, सामाजिक गतिबिििध,देशको हालको अवस्थाको बिषयमा केन्द्रित रहेर आफ्नो प्रस्तुतीमार्फत चोटिलो प्रहार गरेका थिए । साथै उनले बर्तमान सन्दर्भमा आत्मनिर्भर र गुुुणस्तरयुक्त शिक्षा प्रदान गर्न सवैले जोड दिनुपर्ने बताएका छन् । र, त्यसका लागि मूलत पहिला घर घरदेखिको आचरण, संस्कार सिकाएर नैतिकवान र देशप्रति माया गर्ने शिक्षित जनशक्ति निर्माण गर्नसकेमात्र शिक्षाको सार्थकता हुने बताए ।

२०५३ देखी २०६९ सालसम्म एसएलसी परीक्षामा जुगल बोर्डिङबाट सामेल भई उत्तिर्ण गर्नेहरुलाई सम्झनास्वरुप मायाको चिनोबाट सम्मान गरेकोे छ । यसरी सम्मनित हुनेहरुमा कल्पना नेपाल, बिकाश काफ्ले, राजेन्द्र कटुवाल, शान्ति गौतम, प्रमिला न्यौपाने, सोभानी श्रेष्ठ, प्रकाश पुरी, सबिना श्रेष्ठ, सुजता श्रेष्ठ, दिपक पुरी, सुमन सिं बस्न्यात, बिष्णु खत्री र राजकुमार खत्री रहेका छन् । सम्म्मानित हुनेहरुलाई उनिहरुको नाम उल्लेख गरिएको मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

बिद्यालयको बार्षिकोत्सवको पूर्वसंन्ध्यामा आयोजित नगरस्तरीय हाजीरीजवाफ प्रतियोगितामा प्रथम हुने गोल्मादेबी माध्यमिक बिद्यालय कदमबास, दास्रो हुने ईर्खु माध्यमिक बिद्यालय इर्खु र तस्रो स्थान हासिल गर्ने कालिकादेबी माध्यमिक बिद्यालय देउरालीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस्तै जुगल साहित्य सम्मान २०८० बाट साहित्यकार डम्बर रशिक भारती, जुगल कला सम्मानबाट हास्यकलाकार जीतु नेपाल मुन्द्रे र शिक्षा सम्मानबाट जमुना दंगाल घोरासैनीलाई दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरि सम्मान गरिएको थियो । सम्मनित हुनेहरु भारती सिन्धुपाल्चोक जिल्लाका ख्यातीप्रात्त साहित्यकार ताथा पत्रकार हुन, मुन्द्रे हाँस्यव्यङग्य क्षेत्रका चर्चित प्रभावशाली कलाकार हुन् भने जमुना दैगाल घोरासैनी आफुले राज्यबाट प्राप्त गरेको सामाजिक सुरक्षा भत्ताबाट बिद्यालयको लागि अक्षयकोष स्थापना गर्ने समाजसेवी हुन् ।
यो सम्मान बिगत केहि बर्ष अघिदेखि निरन्तर रुपमा फरक फरक व्यक्तिहरुलाई प्रदान गरिदै आएको बिद्यालयका प्रीन्सीपल ओमप्रकाश उप्रेतीले बताए । बिद्यालयबाट गरिएको उक्त सम्मान र पुरस्कार वितरण चौतारा साँगाचोकगढी नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् ।

कार्यक्रममा २०७९ व्याचका एस ई ई उत्तिर्ण विद्याथीहरु र बिद्यँलयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई मायाको चिनो र सम्मान गरिएको थियो ।

बिविध क्षेत्रका गन्यमान्य र प्रभुत्व व्यक्ति व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो उनिहरुले बिद्यालयको उन्नयनको लागि शुभकामना प्रदान गरेका थिए । आमन्त्रिीत अतिथीहरु सवैलाई बिद्यालयको तर्फबाट प्रीन्सीपल ओमप्रकाश उप्रतीले मायाको चिनो प्रदान गरेका थिए ।

छिमेकी बिद्यालयको शिक्षकहरु, सोही बिद्यालयका शिक्षक, बिद्यार्थी,अभिभावकहरुको उल्लेख्य सहभागिताको बिच बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष आर. बी. कटुवालको सभाअध्यक्षतामा भएको कार्यक्रम विद्यालयको शिक्षक दिपक उप्रेतीको आर्षषक उद्घोषण र बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु र शिक्षिकाहरुको रोचक गीत नृत्य र सन्देशमुलक नाटक प्रस्तुतीका साथ मनोरञ्नपूर्ण रुपले सम्पन्न भएको थियो ।