सुनकोशी गाउँपालिका केन्द्र भाग तोक्न अझै विवाद, आन्दोलनकारीको धर्ना जारी
फागुन ३, खाडीचौर । सिन्धुपाल्चोक सुनकोशी कार्यपालिकाको निर्णय सच्याउन सुनकोशीको संघर्ष समिति आग्रह गर्दै आज चौथो दिन पनि आन्दोलनकारीहरुले धर्ना जारी गरेका छन् । शुक्रबारसम्म माग पूरा नभए सुनकोकोशी भित्रका सरकारी कार्यालय र सडक ठप्प गर्ने संघर्ष समितिले चेतावनी दिएका छन् । सुनकोशी गाउपालिकाले पालिकाकेन्द्र तोकेर आफ्नो प्रशासकीय भवन बनाउन अझै सकेको छैन ।
उक्त संघर्ष समितिमा सहभागी एक सदस्यका अनुसार माघ २९ गते सुनकोशी गाउँपालिकाको कार्यपालिका बस्दै थियो । उक्त बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउँपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाबले र आवश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ भन्ने केहीको जोड थियो । गाउँसभामा मुख्य एजेन्डा पालिका प्रशासनिक भवन सँेहेलेमा रहनुपर्ने बहुमत पक्षधरले पेलेर जान खोजेपछि केही सदस्यले सुनखानिमै केन्द्र तोकि भवन बनाउन निर्णय गरियोस भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सातै वडाका अध्यक्षहरु समक्ष सुनकोशीको सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएका थिए ।
सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा बनाउनपर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा, सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा, सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्यले बैठक बहिस्कार गरि निस्किएका थिए । पालिका भवन सुनखनिमै बन्न पर्ने र भौगोलिक र सुनकोशीको बिच भाग नै सुनखानि भएकोले सुनखानि नै बन्नु पर्ने उपाध्यक्ष लामाको माग छ ।
समग्र सुनकोशीको बिकासका लागि सुनखानी हुनु पर्ने भन्दै संघर्ष समिति नै बनाएर निःशुल्क जग्गा मिलाएको उनको दावी छ । पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले चुनाबको बेला पनि सुनखानि नै पालिका भवन बनाउने बाचा गरेकोले बाचा पूरा गर्ने बेला आएको ५ न वडा संघर्ष समितिका अध्यक्ष कुमार बस्नेतको तर्क छ ।
भुगोलको हिसाब र सुनकोशी ४ र ५ को बिकासका लागि सुनखानि नै बन्नु पर्ने थुप्तेन लामाले जोड दिए । सुनकोशी सरकारले भौगोलिक अबस्था, असुरक्षित, बिकट भन्दै सँधै ४ र ५ न वडा पछाडि परी अन्याय गरेको पार्टी भन्दा पनि माथि उठेर समग्र बिकासका लागि जस्तोसुकै परिस्थितिको सामान गर्ने सुनकोशी संघर्ष समितिका अध्यक्ष छिरीङ लामाले बताए । उक्त निर्णय नसचिए पालिका संघर्ष समितिको निर्णय गरेर कुनै पनि कार्यक्रमहरू सुनखानिमा गर्न नदिने र शुक्रबार सम्म पनि सम्बोधन नभए सुनकोशी पालिका भरका सडक, बिद्यालय, सरकारी कार्यालयहरू पनि बन्द गरेर कडा संघर्ष गर्ने समितिले जनाएको छ ।
उता पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनासंग बुझ्दा १५ जना कार्यपालिका सदस्य मध्ये ११ जना सँेहेलेको पक्षमा र उपाध्यक्ष लगाएत ४ जना सुनखानीको पक्षमा रहेको उनले दावी गरे । ‘ऐन कानुन र नियमसंगत हुनुपर्छ, दुईतिहाईलाई उहाँहरुले मान्न हुन्न भने गाउँसभाबाट पास गराउनु सक्नुहुन्छ’, तिमिल्सिनाले भने । पालिका भवन बनाउन केन्द्र भागको विषयमा विवाद भएपनि छलफल र सहमतिकै आधारमा हुने ठोकुवा गरे ।