चौतारा बहुमुखी क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण
दिनेश दुलाल
फागुन ३, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।
आयोगले आज सानोठिमी भक्तपुरमा एक कार्यक्रमका बीच अछाम बहुमुुखि क्याम्पस मंगलसेन, कोईष्ट ईन्टरनेशनल कलेज ललितपुर संगै चौतारा बहुमुखी क्याम्पसलाई प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाण प्रदान गरिएको चौतारा बहुमुखि क्याम्पस पूर्व सञ्चालन समितिका सदस्य रामप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार पढाइको गुणस्तर राम्रो भएका, विद्यार्थी सङ्ख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएका लगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र प्रदान गरेको हो ।
प्रत्यायन (क्यूएए) प्रमाणीकरण भएसंगै अब चौतारा बुहमुखी क्याम्पसबाट प्रदान गरिने सर्टिफिकेट अन्र्तराष्ट्रय मान्यता प्राप्त गर्नेछ । त्यस्तै क्याम्पसमा स्नातक तहका एक विद्यार्थी उत्र्तिण भएसंगै प्रतिव्यक्ति बार्षिक ३५ हजारको दरले अनुदान आउने छ । आयोगले अहिलेसम्म देशभरिका साढे छ सयभन्दा बढी सामुदायिक कलेजमध्ये १०० वटा कलेजलाई क्यूएए प्रमाणीकरण गरिसकेको छ ।
प्रमाणपत्र लिएसंगै क्याम्पसका प्रिन्सिपल नगेन्द्रप्रसाद दंगालले क्याम्पसले गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा चौतारा बहुमुखि क्याम्पस अब्बल रहेको यसले प्रमाणित गरेको बताए ।
त्यस्तै क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष कृष्णराज श्रेष्ठले क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको अथक मेहनतका कारण क्यूएए पाएको बताए । भविष्यमा यो कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्ने जिम्मेवारी थपिएको बताए । त्यस्तै सञ्चालक समितिका अध्यक्ष गम्भिरलाल श्रेष्ठले चौतारा क्याम्पसलाई नयाँ पहिचान मात्र नदिएर नयाँ उचाइसमेत दिएको जिकिर गर्दै आफ्नो नेतृत्वमा क्याम्पसको शिक्षण विधिलाई अझै प्रभावकारिता बनाईने प्रतिबद्धता जनाए ।
सहकागीहरुले क्यूएए पाएपछि चौताराको पढाइ गुणस्तरीय छ भन्ने प्रमाणित भएको बताएका थिए । क्याम्पसले न्यूनतम शुल्कमा प्लस टु, स्नातक र स्नातकोत्तर तहमा पठनपाठन गरिरहेको छ ।
स्मरण रहोस सिन्धुपाल्चोकमा १२ वटा क्याम्पसहरु सञ्चालनमा रहेका छन् ।