
हिमालय सिमापार बाणिज्य संघको अधिवेशबाट कार्की निर्वाचित

दिनेश दुलाल
माघ २९, काठमाडौ । नेपाल हिमालय सिमापार वाणिज्य संघको २४ औं वार्षिक साधरणसभा तथा १२ औं अधिवेशनबा रामहरी कार्की अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ सय ३४ मत ल्याई अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै जित हाँसिल गरेका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे (सागर) ले ४ सय ४२ मत ल्याई अर्का प्रत्यासी अर्जुन कार्कीलाई ३८ मतले पछाडी पार्दै जित हाँसिल गरेका हुन् । त्यस्तै माहासचिवमा रामचन्द्र पराजुलीले ४ सय ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनले भक्तबहादुर पराजुलीलाई हराएका हुन् । यस्तै सचिव पदका लागि ५ जनाको उम्मेदवारी परेकोमा विकास प्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्य लगाएत अन्य पदाधिकारी यस अघि नै सर्वसहमत भईसकेका छन् । जसमा प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठ, उपाध्यक्षहरू सुजित बस्नेत,निरन्जन कृष्ण श्रेष्ठ,अाेमनाथ घिमिरे र भरत कार्की चुनिएका छन् । त्यस्तै बरिस्ठ सचिवमा भरतबहादुर अर्याल चुनिएका छन् भने काेषाध्यक्षमा लालबहादुर बस्नेत (सिद्धान्त) र सहकाेषाध्यक्षमा सुमन श्रेष्ठ चुनिएका छन् । साधारसभा तथा अधिवेशनकाे पुष्पकमल दाहाल प्रचण्डले शनिबार उदघाटन गरेका थिए । आईतबार सर्वसहमत हुन नसकेका अध्यक्ष लगाएत पदाधिकारीहरुको आईतबार निर्वाचन भएको हो ।
अध्यक्षमा निर्वाचित कार्कीको यस्तो छ ईतिहास
स्थापनाकाल देखि नै संघमा आवद्ध रहेर काम गरिसकेका अनुभवी र क्रियाशिल कार्कीले व्यापारी व्यवसायीहरुको हकहितका लागि अनवरत रुपमा काम गर्दै आएका छन् । व्यवसायीहरुको मर्म, भावना बुझेका कार्कीको संस्था स्थापना गर्नमा उनको महत्पूर्ण भुमिका रहेको जानकारहरु बताउँछन् । उनी विगतका दिनहरुदेखि नै व्यापारीका समस्या सम्बोधन गर्न लागिपरिरहेका छन् । संघको वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा रहेर उनले व्यवसायीका थुप्रै समस्याहरुलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए ।
विशेषगरि उत्तरी नाकाबाट सामान आयात गर्ने व्यापारीका समस्याहरुलाई लिएर उनी कहिले प्रधानमन्त्री कार्यालय धाउँथे त कहिले अर्थमन्त्रालय त्यस्तै कहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय त कहिले परराष्ट्र मन्त्रालय धाइरहे । बैंकको ब्याजदर घटाउन र उत्तरी नाकाका समस्या समाधान गराउन उनी निरन्तर लागिपरेका छन् । उनी आफू निर्वाचित हुनासाथ उत्तरी नाकाको सडकको मर्मत संभार गर्ने, बैंकको ब्याजदर घटाउन सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराउने, चीनसँगको व्यापारलाई अझ विस्तार गराउँने योजना रहेको उनि बताउँछन् । त्यस्तै ट्रक, कन्टेनरहरु व्यवसायीहरुसँग समन्वय गरेर व्यवस्थापन र सहजताका लागि पहल गर्ने प्रतिवद्वता जनाएका थिए ।
आन्तरिक राजश्वमा हुने व्यवसायीहरुका समस्यालाई समाधान गर्न लागिपर्ने व्यवसायीमा हुने शिथिलतालाई सफलता दिलाउन विभिन्न नियामक निकायहरुसँग प्रयास गर्ने प्रमुख प्रतिवद्धता रहेको छ ।
कार्कीले व्यवसायीका हकहित मात्र नभएर विभिन्न सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याउँदै आएका छन् । बाढी, पहिरो, कोरोना, भुकम्पजस्ता महामारीमा पनि उनको सहयोग रहँदै आएको छ । विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण, गरिबदुखीलाई खाद्यन्न, लत्ताकपडाहरु पनि वितरण गर्दै आईरहेका छन् ।
सिन्धुपाल्चोक पाङग्रेटार–९ हालको सुनकोशी गाउँपालिकामा जन्मिएका कार्कीको यात्रा सिन्धुपाल्चोकको जाल्पा मा.वि.बाट एस.एल.सी. उत्तीर्ण गरिसकेपछि शुरु भएको हो । सानै उमेरदेखि मेहनती, इमानदार र लगनशील भएर काम गर्ने स्वभाव भएकै कारण काठमाडौं आएर पनि पिपुल्स कलेजबाट आइए पास गरेर विजनेशको यात्रा शुरु गरेका कार्कीले चार्टर विजनेस प्रा.लि. सञ्चालन गरी सफल व्यवसायीको रुपमा उभ्याएका छन् ।
कार्कीको यात्रा शिक्षा आर्जन मात्र नभएर व्यवसाय गर्ने र सामाजिक क्षेत्रमा समेत काम गर्ने उद्देश्य लिएर विभिन्न संघ संस्थामा आबद्ध भई काम गर्दै आएका हुन् । त्यसमध्ये हिमालय सिमापार बाणिज्य संघको संस्थापक सदस्यको जिम्मेवारीमा रहेर व्यवसायीका हकहितमा निरन्तर काम गर्दै आउनु भएका कार्कीलाई झण्डै २ हजारको संख्या सदस्य रहेको हिमालय सिमापार बाणिज्य संघमा नचिन्ने कमै मात्र व्यवसायी छन् । त्यही लोकप्रियता, व्यवसायीको आत्मीयताले गर्दा उनी २४ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट हिमालय सिमापार बाणिज्य संघमा अध्यक्षमा विजय हुन सफल भएका छन् ।