विद्यालय कक्षाकोठामा सांसद !
दिनेश दुलाल
माघ २६, चौतारा । प्राय सांसद तथा मन्त्रीहरु विद्यालयमा पुग्ने भनेको औपचारिक कार्यक्रममा मात्रै हो । दैनिकजसो हुने विद्यालयका बार्षिकोत्सव कार्यक्रमको निम्तो मान्न मन्त्री तथा सांसदहरुको होडबाजी नै चल्ने गरेको छ । सांसदहरु औपचारिकता मात्रै निभाउन विद्यालय पुग्छन् भन्ने आरोपलाई चुनौति दिंदै सिन्धुपाल्चोकका एक सांसदले प्रत्येक विद्यालयका कक्षाकोठामा पुग्ने अभियान थालेका छन् । ति हुन सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं.१ का सांसद माधब सापकोटा ‘सुबोध’ ।
‘विद्यालयमा सांसद कार्यक्रम’ अभियान राखेर सांसद सापकेटाले बिहिबार जिल्लाको बाल शिक्षा माध्यामिक विद्यालय खाडीचौर विद्यालयमा अध्यायन गरिरहेका विद्याथीहरुसंग कक्षाकोटामै पुगे । उनी त्याहाँ न पढाउन गएका हुन् न संगठन निर्माण गर्न नै । बरु विद्यार्थीहरुसंग समसामायिक विषमा साँक्षतकार र परामर्श गर्न गएका हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा सुरु गरेको ‘विद्यालयमा सांसद कार्यक्रम’ अन्तरगत बालशिक्षा माविका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुसंग अन्तरक्रिया गरेका थिए । विद्यार्थीहरुलाई विधायक (सांसद) को काम बारे छलफल समेत गरे । सांसद एक्कासी कक्षाकोठामा छिरेपछि विद्यार्थी समेत आश्चर्यमा परे । सुरुमा बोल्न आनाकानी गरेका विद्यार्थीहरुले सांसद सापकोटाको कुरा सुनेपछि खुलेर जिज्ञासा राखेका थिए ।
विद्यार्थीसंग सांसद सापकोटाले विद्यालयको पढाईको गुणस्तर, भौतिक सुविधा तथा अन्य समस्याहरुको बारेमा सोधे । सोही क्रममा एसईई परीक्षा तयारीका लागि आवसीय रुपमा विद्यालयमै बस्दै आएका विद्यार्थीहरुको लागि केही सामाग्री समेत प्रदान गरे । सांसद सापकोटाले एनआरएनबाट प्राप्त भएको ४० थान म्याटेस विद्यार्थीहरुलाई हस्तान्तरण गरेको स्थानीय नारायण पराजुलीले जानकारी दिए । सांसद सापकोटा संगै बागमति प्रदेश सांसद अमृता नेपाल लगाएत सहभागी भएका थिए ।