चौथो लिस्तीकोट–दुगुनागढी ‘माउन्टेन ट्रेलरेस’ प्रतियोगिता हुँदै
दिनेश दुलाल
माघ २३, काठमाडौँ । सिन्धुपाल्चोकको दुगुनागढी र लिस्तिकोट ‘माउन्टेन ट्रेलरेस २०८०’ चौथो संस्करणको प्रतियोगिता हुने भएको छ ।
ऐतिहासिक एवं धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले आगामी फागुन १२ गते ‘लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको हो ।
भोटेकोसी गाउँपालिका–३ स्थित सुक्खा बन्दगाहबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किमी दूरी क्षेत्रमा उक्त प्रतियोगिता हुने भोटेकोशी गाउँपालिकाले जनाएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेनाले सञ्चालन गर्दै आएको यो प्रतियोगीता चौथो संस्करण हो ।
सिन्धुपाल्चोककै गौरवका रुपमा रहेको दुगुनागढीको ऐतिहासिक महत्व, लिस्तिकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गरी ती स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले बिगत ३ बर्ष देखि प्रतियोगिता हुँदै आएको भोटेकोशी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष निमा सोना शेर्पाले जानकारी दिए ।
श्री ईन्द्रध्वज गणको आयोजना तथा भोटेकोसी गाउँपालिकाको अर्थिक सहयोगमा हुने उक्त दौड प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाको ऐतिहासिक स्थलहरुको पहिचान दिलाउन पर्यटन प्रवद्वनमा टेवा पु¥याउन, साहसिक खेलहरुको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रागढ बनाउने उद्देश्यले उक्त प्रतियोगितालाई निरन्तरता दिईएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सूचना निर्देशनालयका अनुसार प्रतियोगिता खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा सञ्चालन हुनेछ । खुल्लातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ र छैटौं हुनेलाई क्रमश ः रु एक लाख १० हजार, रु ७५ हजार, ५५ हजार, ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने सेनाले जानकारी दिएको छ ।
त्यस्तै महिलातर्फ प्रथम हुनेलाई रु ६० हजार, दोस्रोलाई रु ३५ हजार र तेस्रो हुनेलाई रु २० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । जिल्लावासीका तर्फबाट प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार र तेस्रोलाई रु १५ हजार नगद प्रदान गरिने छ ।
पmागुन १२ गते हुने उक्त प्रतियोगिताको लागि विदेशी तथा स्वदेशीको लागि निशुल्क दर्ता गर्न माघ २५ गते सम्मलाई तोकिएको छ । दर्ता गर्ने स्थान सैनिक केन्द्रीय पुस्ताकालय, चौतारा, मेलम्ची, बाह्रबिसे, तथा झिर्पु स्थित आर्मी व्यारेकहरुमा तोकिएको छ । प्रतियोगिहरुको निशुल्क दुर्घटना बीमा समेत गरिने आयोजकले जनाएको छ ।