
रास्वपाद्वारा निलाे क्रान्तिकाे सुरूवात भएकाे उदघाेष

माघ २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आइतबारदेखि सुरु भएको छ । रास्वपाले मेलम्चीबाट दबाब यात्रा सुरु गरेको हो । पार्टी सभापति रवि लामिछानेले २१ वटा गाग्री हस्तान्तरण गर्दै आज मेलम्ची खानेपानी आयोजनाको लागी दबाब यात्रा शुभारम्भ गरे ।
´हिजोका क्रान्तिमा रगत बग्यो अब निलो क्रान्तिहरुमा पसिना बगाउने अभियानको सुरुवात भएको छ`, लामिछानेले भने । पार्टी सभापति लामिछानेले अनुगमन, ज्ञापन पत्र हैन समाधान पत्र दिने उदघाेष गरे । सभापति लामिछानिले प्रचारकाे लागि नभएर यो समस्या समाधानको लागी र काम गर्ने लिष्ट बनाएर योजना बनाउनका लागी यात्रा सुरु गरिएको दावी गरे ।
पहिरोको अध्ययन नगरी गरिएको कामले नेपाली जनताको थाप्लोमा ऋण थपिने उनकाे तर्क छ । कार्यक्रममा सांसद स्वर्णिम वाग्लेले साेमबार देखी संंसद अधिवेशन सुरुहुने भएकाले जनताको आवाज रास्वपाले त्यहीँ गएर बोल्ने बताए । मेलम्ची २०४७ साल देखी सुरुभएको आयोजना मेलम्ची खानेपानी अहिले सम्म सम्पन्न नहुनुले भ्रष्टाचारको जननी भएको र कुशासनले जगडिएको वाग्लेले दावी गरे ।
देशमा नियुक्ति किनबेच गरेर, कागज मिलाएर गरिने नितिगत भ्रष्टाचार र निर्माण व्यवसायमा गरिने भ्रष्टाचारका कारण अहिले देशमा लुटतन्त्र मच्चीएको उनकाे अाराेप छ । २०८४ मा रास्वपा संंसदमा आएपछि भइरहेको बेथितिलाई बढार्ने उनले ठाेकुवा गरे । वाग्लेले मेलम्ची खानेपानीमा पठाइने सचीव, सहसचिव कर्मचारीमा समेत चलखेल हुने भएकाले योग्यतामा नै प्रश्न उठ्ने गरेको उनले खुलासा गरे । सुशासन र समुन्नतिको एजेन्डामा रास्वपा सधैं एकढिक्का रहेको उनकाे भनाइ छ । आईतबारको दबाब यात्राको नेतृत्व गरेकी सांसद सोवीता गौतमले शान्तिपुर्ण दबाब यात्रालाई साथ दिनका लागी सिन्धुपाल्चोक वासिमा आह्वान गरे ।
कार्यक्रममा रास्वपा जिल्ला सभापति माया गुरुङले यहाँका समस्याका बारेमा जानकारी गराउदै अब सबैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउनका लागी रास्वपा हातेमालो गर्न आएको बताईन ।