नगरस्तरीय ७ ए साईडको उपाधि ज्ञानमन्दिरको पोल्टामा
निर्मल बस्नेत
(२० माघ २०८०) चाैतारा । दोस्रो चौतारा स्पोर्टटिङ नगरस्तरीय ७ ए साईड फुटबल प्रतियोगिताको उपाधि नमुना ज्ञानमन्दिर माध्यमिक विद्यालय, मेलचौरको पोल्टामा परको छ ।
चौतारा स्पोर्टटिङ क्लबको आयोजनामा भएको फाइनल खेलको लागि प्रतिस्पर्धा रहेको श्री सेतीदेबी माध्यमिक बिद्यालय स्याउले र नमुना ज्ञानमन्दिर माध्यमिक विद्यालय मेलचौरबिच रोचक खेल भएको थियो । दुवै टिम २–२ गोलको बराबरीमा रहेपछि पेनाल्टी सुटआउटबाट १ गोल प्रहार गरि ३– २ को अन्तरमा ज्ञानमन्दिरले बिजय हाँसिल गरेको हो ।
पेनाल्टीमा ज्ञानमन्दिरका गोलरक्षक शन्देश दंगालले साहसीकता प्रदर्सन गरि सेतीदेबीको सुटआउट रोकेर प्रथम स्थान दिलाएका हुन् । यतिमात्र होइन शन्देश प्रतियोगिताको म्यान अफ द म्याच हुन समेत सफल भएका छन् ।
खेलमा बिजेता हुने नमुना ज्ञानमन्दिरको टिमले नगद ३० हजार, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाए भने उपबिजेता बनेका सेतीदेवी माध्यमिक बिद्यालय स्याउलले नगद २० हजार, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाए ।
प्रतियोगितामा इमर्जिङ प्लेयर सुवास महत इर्खु, उत्कृष्ठ गोल रक्षक शन्देश दंगाल ज्ञानमन्दिर, उत्कृष्ठ डिफेन्डर सुसन श्रेष्ठ, स्याउले, उत्कृष्ठ मिड फिल्डर सागर तामाङ सिद्धिगणेश, उत्कृष्ठ इष्ट्राइगर ब्रिजेन श्रेष्ठ स्याउले, सवौधिक गोलकर्ता जोहन श्रेष्ठ ज्ञानमन्दिर, सर्वोउत्कृष्ठ खेलाडी सगुन श्रेष्ठ ज्ञानमन्दिर हुन सफल भएका छन् ।
बिजेता, उपबिजेता र उत्कृष्ठ खेलाडीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापा, सामाजिक बिकास समितिका संयोजक रामप्रसाद गौतम, नगर खेलकुद बिकास समितका अध्यक्ष अमृतमान श्रेष्ठ, आयोजक र सहयोगिहरुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । ्
प्रतियोगिताको सहयोगिहरु, मिडिया पार्टनर र अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिहिबारबाट सरु भई चौतारा मिनीरंगशालामा ३ दिन सम्म सञ्चालित खेलमा चौतारा नगरगपालिकाको १४ वटा माध्यमिक बिद्यालयको सहभागिता रहेको खेल आयोजक चौतारा स्पोर्टटिङ क्लबको अध्यक्ष सबिन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगिताको बिजेता ट्रफी प्रायोजन थापा इन्टरप्र्राजेजका प्रोप्रईटर भूपेन्द्र थापा, उपबिजेता ट्रफी होटल ह्वाईट एण्ड तन्दुरी खाजा घरका प्रोपाइटर माधवराज गिरी, टोकन अफ लभ जिगिसा हाईवयर चौताराका प्रोपाईटर जीवन श्रेष्ठ र जीआर सुनचाँदी पसलका प्रोपाईटर गम्भीर राना, प्रमाणपत्र तथा सम्मानपत्र सेवा स्टेशनरी एण्ड सप्लायर्सका प्रोपाईटर प्रकाश श्रेष्ठ, खानेपानी प्रायोजक अक्वा जुगलका राजकुमार थापा, उत्कृष्ठ खेलाडीहरुाई जर्सी सहयोग प्लेग्राउण्ड स्पोर्ट हाउस बनेपा, म्यान अफ द म्याच ट्रफी लायन्स क्लब अफ काठ्माण्डौ चौतारा सिटी र प्राबिधिक सहयोग चौतारा साँगाचोकगढी नगरपालिका, नगर खेलकुद बिकास समिति र जिल्ला फुटबल संघ रहेको क्लबका सचिब राकेश रानाले जानकारी गराए ।