सिद्धिगणेश माबि ६२ औँ बर्षमा, शैक्षिक गन्तव्य बनाउन लागि पर्न मन्त्री दुलालको आग्रह

निर्मल बस्नेत
माघ १९,चाैतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ७ सिरुवारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालय ६२ औँ बर्षमा प्रबेश गरेको छ ।
बिद्यँलयको ६२ औँ बर्षगाँठ कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले सिद्धिगणेशलाई शैक्षिक गन्तव्य बनाउन लागि पर्न सवैलाई आग्रह गरेका छन् ।

बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी मन्त्री दुलाले पिपलको फेदमा छारो र धुलोमा पठनपाठन गरेर सुरु गरेको बिद्यालय सुबिधासम्पन्न भवनमा आईपुग्नुमा सवैको भूमिका रहेका बताए । उनले देश बिकासको भूमिकामा शैक्षिक व्यक्तित्वहरुकै हातमा रहने बताएका छन् । मन्त्री दुलालले  देशको शैक्षिक तथा बौद्धिक तप्कामा बिदेश मोह बढेकोले शैक्षिक प्रगती नदेखिएको तर्क गरे । उनले शैक्षिक सुधारको लागि राज्यले उचित नीति सहितको सहि व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता औल्याएका छन् ।

मन्त्री दुलालले बिद्यालय शैक्षिक सुधार कोषको स्थापना गरि समग्र शैक्षिक व्यवस्थापनमा जुट्नका लागि पनि आह्वान गरेका छन । दुलालले उचित समन्वय र बैज्ञानिक योजना निर्माणको कमीले सहयोगि भावनाहरुको एकता हुन नसकेकाले यसको सुरुवात समाजसेवी रमेश धितालले आफ्नो दिवंगत बजै कलावती धितालको स्मृतिमा रु १ लाख २० हजारको कोष स्थापनाको घोषणा गरेकोमा खुसी व्यक्त गरे । उनले यसैमा शैक्षिक सुधार कोषको स्थापना गरि सवैलाई कोष बृद्धिमा जुट्न आग्रह गरेका हुन् । अन्तयमा मन्त्री भन्छन्  ‘ वैज्ञानिक र व्यवहारीक चिन्तनसहितको दक्ष शैक्षिक जनशक्तिको बिकास नभएसम्म देश बिकास हुँदैन । ’

कार्यक्रमका बिशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थपाले नगरभरको ६७ वटा सामुदायिक विद्यालयको आवश्यकतालाई हेरेर नगरले उचित निर्णय लिदै अघि बढिरहेको बताइन् । उपप्मुख थापाले सिद्धिगणेशलाई पनि हरबखत सहयोग गर्ने भनि विद्यालयको उत्तरोतर प्रगतिको कामना गरेकी थिईन् ।

जिल्लाको सदरमूकाम चौतारा नजिकै अवस्थित बिद्यालय , रमणीय,शान्त र वालमैत्री रुपमा  रहेको छ । बिद्यालयमा प्राय सानोसिरुवारीको स्थानीयकै वालवालिहरु अध्ययन गर्दै आईरहेको छन् ।

जिल्लाको सदरमूकाम चौतारा मूख्य बजारमा जिल्लाकै जेठो विद्यालय कृष्ण रत्न गंगा माध्यमिक  नजिकै रहेता पनि यहाँ कक्षा १२ सम्मको अध्यापन हुँदै आईरहेका छ ।   यहाँ बिज्ञान, व्यवस्थापन र शिक्षा संकायमा ११ र १२ कक्षामा पठनपाठन भईरहेको छ ।  कक्षा १ देखी १२ सम्म विद्यालयमा ३ सय  ५६ जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । सिद्धिगणेशका बिद्यार्थीहरुले नेपाली र अंग्रेजी दुवै माध्यमबाट सिकाई हासिल गर्न पाईरहेका छन् । यहाँको शिक्षकहरु सवै तालिमप्राप्त र अनुभवी रहेका छन् ।

बिद्यालयको प्रधानाध्यापक राजकुमार यादबले प्रस्तुत गरेको बार्षिक प्रतिबेनदमा बिद्यालयले राजनीतिक, शैक्षिक, प्रशासनिक, र समाजको उच्च ओहादामा रहेर भूमिका निर्वाह गर्न सक्ने जनशक्ति उत्पादन गरि प्रगति गर्न सफल भएको बिवरण उल्लेख गरेका थिए ।

बिबिध सास्कृतिक कार्यक्रमका बिच सम्पन्न बार्षिकोत्सव कार्यक्रममा मन्त्री युवराज दुलाल, उपप्रमुख सीता थापा, शिक्षा किास तथा समन्वय इकाईका प्रमुख कृष्ण सुवेदी वडाध्यक्ष डम्बर बहादुर तामाङ, चौतारा बहुमूखी क्ँम्पसका क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल, भूतपूर्व बिद्यार्थी रमेश दुलाल लगायतले आफ्नो मन्तव्यमार्फत बिद्यालयको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा  बिद्यालयलाई आर्थिक तथा भौतिक सहयोग पु्रयाउने समाजसेबीहरुलाई दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

त्यसैगरि अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
शिक्षक तिलक दंगालको सुबोध उद्घोषणमा सञ्चालित ६२ औँ बार्षिकोत्सव कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दल, बुद्धिजीबी, समाजसेबी, जग्गादाता,चन्दादाता, शिक्षक, बिद्यार्थी,भूतपूर्व बिद्यार्थी , अभिभावक र संचारकर्मीहरुको सहभागितामा भव्यताकासाथ सम्पन्न भएको थियो ।  

 स्मरण रहोस् यस बिद्यालय बागमती प्रदेश सरकारको नमुना बिद्यालयको रुपमा सुचिकृत रहेको छ । प्रदेश सरकारले नै बिद्यालय बस उपलब्ध गराएको छ । बिद्यालयले  निःशुल्क रुपमा बस सञ्चालन गरि बिद्यार्थीहरुलाई आवतजावतमा सुबिधा प्रदान गर्दै आईरहेको छ ।