क्षयरोग मुक्त नेपाल दाेस्राे अभियान सिन्धुपाल्चोकबाट शुभराम्भ

क्षयराेगकाे रेड जाेनमा बागमति प्रदेश दाेस्राे

दिनेश दुलाल

माघ २०, चाैतारा । क्षयरोग मुक्त नेपाल अभियान २०८० दाेस्राे अभियान सिन्धुपाल्चोकबाट शुभराम्भ गरिएकाे छ । दाेस्राे चरणको कार्यक्रमकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले शुक्रबार चाैतारा साँगाचाेकगढी नगरपालिकाबाट शुभराम्भ गरेका हुन् ।

कार्यक्रमकाे उदघाटन गर्दै मन्त्री बस्नेतले याे अभियानकाे सरकारका सबै अंग मिलेर काम गर्नुपर्ने धारणा राखे ।
मन्त्रीले अाफ्नै जिल्लाबाट क्षयरोग कार्यक्रम गरेकाे भन्ने अाराेप सत्य भएकाे स्विकार्दै पहिलाे कार्यक्रम सिन्धुपाल्चोक सदरमुकाममै रहेकाे पालिकामा भएकाे हुनाले नमुना कार्यक्रमकाे रूपमा सुरूवात गरिएकाे बताए । अाफूले शिक्षा र स्वास्थ्यलाई पहिलाे प्राथमिकता दिएकाे बताउँदै चाैतारा साँगाचाेकगढी नगरपालिकालाई १२ कक्षा सम्म निशुल्क गर्न अाग्रह गरे ।

याे कार्यक्रम सफल हुन निदन चाैतर्फी अाक्रमण गरेपनि सफल गराई छाड्ने उनले प्रतिवद्धता जनाए । काेभिड-१९ का विरूद्ध सबै मिलेर सफलता पाएजस्तै क्षयरोग पनि उन्मुलन गर्न सकिने उनकाे तर्क छ ।

याे कार्यक्रम नगरपनलिकाका प्रत्येक घर घरमा पुगेर पहिचान गर्न उनले निर्देशन दिए । क्षयरोग लगाएत राेगहरूकाे ग्लाेबल फाउन्डेसनले लगानी गरेकाे तर कहाँकति छ भन्ने अन्याैल भएपनि जनचेतनाकाे अभियान चलाउन पर्नेमा उनले जाेड दिए ।

पैसाकाे अभावमा स्वास्थ्य चाैकी बन्न नसकेकाेलाई बजेट छुट्टयाइएको बताउँदै उनले अर्काे बर्ष पूरा गरिने वचन दिए ।
देशमा नागिरक पैसा नभएकाे कारणाले र गरिब भएकाे कारणले बिरामी भएर मर्न नपर्ने यसअघिका अभिव्यक्तिलाई पुन: दाेहाेर्याउदैं त्यसकाे लागि अाफूले जिम्मा लिने प्रतिवद्धता जनाए ।

१० प्रतिशत विप्नन र गरिबलाई निशुल्क उपचार गरिने सरकारले निर्णय गरेकाे समेत उनले सुनाए ।
मन्त्री बस्नेतले ८ सय डाक्टरहरूलाई ठूलाे संघर्ष गरेर गाउँमा पठाईएकाे समेत दावी गरे ।

मेडिकल शिक्षा ऐन संसाेधनकाे प्रक्रियामा रहेकाे बताउँदै अब चिकित्सक शिक्षा सुधार हुने बताए । ´स्वास्थ र शिक्षामा सुधार गर्ने हाे भने ७५ प्रतिशत मानसिक राेगीहरू कम हुने बताए । मेडिकल शिक्षा चाँडै लागू हुन्छ`,उनले भने ।

कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक
संगिता काैशल मिश्रले याे अभियान देशकै महत्त्वपूर्ण कार्यक्रम रहेकाे हुनाले राजनैनिक प्रतिवद्धता समेत हुन पर्ने धारणा राखिन ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतीका क्रममा उनले पहिलाे चरणामा २५ जिल्लामा भएकाेमा अब सबै जिल्लामा याे कार्यक्रम लागू गरिने बताए ।

अहिले सम्म क्षयराेग ६६ हजारकाे बिरामीकाे पहिचान गरेकाे
बताउँदै ३७ हजारकाे किटान भएकाे उनले बताए ।
कुपोषण, धुम्रपान, अल्काेहल तथा चिनीराेगीका बिरामीकाे राेगलाई नियन्त्रण नगरे समस्या झन जटिल हुने उनकाे भनाई छ ।

क्षयराेग मुक्त नेपाल कार्यक्रम महत्वकाँक्षी कार्यक्रम रहेकाे हुनाले क्षयराेग उपचारमा गुणस्तरीय रहनु पर्ने कार्यक्रम प्रत्येक जिल्ला का प्रत्येक पालिकाका वडाहरूमा समेत कमिटी गठन गरेर लाग्नु पर्नेमा उनले जाेड दिए । क्षयराेग नियन्त्रणका लागि उच्च राजनैतिक प्रतिवद्धता, समुदायको प्रतिवद्दता चाहिने उनकाे ठहर छ ।

उनका अनुसार क्षयराेग सम्बन्धि अहिलेसम्म १ सय २५ स्थानीय तह गरि ६६ जिल्लामा र बागमति प्रदेशका १२ स्थानीय तहहरूमा कार्यक्रम भईसकेकाे छ ।

त्यस्तै याे कार्यक्रमकाे लागि १०० पालिकामा २७ कराेड बजेट छुट्टयाइएको छ भने ९५ प्रतिशत स्थानीय तहबाट हुनुपर्ने कार्यविधिमा उल्लेख छ । जिल्लाका चाैतारा, बाह्रबिसे र हेलम्बु गाउँपालका सुरूवात गिरएकाे हाे । समुदाय र स्थानीय सरकारकाे संलग्नता नभई कार्यक्रम सफल हुन नसक्ने उनकाे भनई छ । अति गरिबलाई याे कार्यक्रममा समेट्नु पर्ने र राजनैतिक प्रतिवद्दता अावश्यक रहेकाे उनले अाैल्याए ।

कार्यक्रमका सभापति चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकाेटाले याे कार्यक्रम चाैतारा साँगाचाेकगढी नगरपालिकामा परेकाेमा खुशी व्यक्त गर्दै तदरूपताका साथ कार्यक्रम सुरूवात गरिने बताए ।
नगरले अान्दाेलनमा घाईते, अपांगताहरूलाई बीमा गरिएकाे बताउँदै जेष्ट नागरिक क्लिनिक समेत सञ्चालन गरिएकाे बताए । विपन्न र मानसिक राेगकाे सम्बन्धमा विशेषा ध्यान दिने उनले प्रतिवद्धता जनाए ।

नगरिभत्र मनाेपरामर्शकाे कार्यक्रम सुरूवात गरेर टाेल टाेलमा पुगेर जनचेतना फैलाउने समेत नगर प्रमुख सापकाेटाले प्रतिवद्धता जनाए ।

कार्यक्रममा उपप्रमुख सीता थापाले स्वागत मन्तव्य राखेकी थिईन । कार्यक्रममा बाह्रबिसे नगरपालिका, हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, विभिन्न वडाका जनप्रतिनिधिहरू, स्वास्थ्य मन्त्रालयका कर्मचारी लगाएतकाे सहभागिता थियाे ।