‘तातोपानी भन्सार प्रक्रियामा मात्र होईन नतिजामुखि हुनपर्छ’– प्रजिअ आचार्य

दिनेश दुलाल
माघ १२ तातोपानी । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले तातोपानी भन्सार कार्यालयले अब प्रक्रियामा मात्र नभई नतिजामूखि हुनुपर्ने धाराण राखेका छन् । ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ आचार्यले व्यापारीहरूले आयतमा मात्र नभई निर्यातमा समेत जोड दिनुपर्ने बताएका छन् । ‘हार्डवयरमा मात्र होईन सफ्ट वयरमा समेत व्यापार गर्नुपर्छ’, प्रजिअ आचार्यले भने । दिवसको अवसरमा सम्मानित भएका कर्मचारीप्रति इंगित गर्दै प्रजिअ आचार्यले फूलको माला र ताम्रपत्रको महत्व भएको हुनाले त्यसको गरिमालाई जोगाईराख्नु पर्ने बताए ।

भन्सार दिवसको अवसरमा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य

बोडरलाई चलाएमान बनाउनको लागि के गर्न सकिन्छ भनेर छिमेकी दुई देशका स्थानीय प्रमुखहरूसंग आफूले संवाद गरिरहेको बताउँदै उनले तातोपानी नाकाको पुनिर्माणको लागि चाईनेले १५ मिलियन डलर छुट्टयाइएको आफूलाई जानकारी आएको उनले बताए । विपदको दृष्टिकोणले जोखिम जिल्ला भएको हुनाले नाकामा भौतिक संरचना बनाउँदा भूकम्प प्रतिरोधात्मक क्षमताको बनाउन पर्ने सुझाए । अध्यागनको भवन आगमी बर्षमा बनाई सक्नुपर्नेमा उनले जोड दिए ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बिगत तातोपानी नाका खोल्नु पूर्व चाईनाले तयारी गरे अनुसार नेपाल तर्फ हुन सकेको भन्दै केही जटिलता र अपठ्याराहरु आईलागेको बताए । आगमी माघ २२ गते चीन सरकारबाट ६१ करोड बराबरको गाडी स्क्यानर मेसिन लगाएत सामाग्री आईपुग्ने समेत उनले जानकारी दिए । गत बर्षमा ४१ बर्षकै सबभन्दा कम राजश्व उठेको बताउँदै अहिलेको अवस्था सन्तोषजनक रहेको उनको भनाई छ । ‘अहिले आयत घटेको छ तर राजश्वको भोलुम बढेको छ’, उनले भने । तातोपानी नाकाबाट व्यापारीहरूले व्यापार गर्दा रसुवा भन्सार भन्दा निकै सस्तो पर्ने तर्क राख्दै केसीले भन्सारले फितलो गरेको कुरालाई भने खण्डन गरे । बिगत ८ बर्षदेखि बन्द भएको मानसरोबर जाने तिर्थालु अब तातोपानी नाकाबाट जाने तयारीमा रहेको बताउँदै उनले पछिल्लो समय चीनियाहरु समेत उत्साहित भएको उनको ठहर छ ।

यस्तै भन्सार प्रमुख केसीले यो आर्थिक वर्ष यता ५ अर्ब ५५ करोड राजश्व संकलन भएको जानकारी दिए । उनका अनुसार बार्षिक लक्ष्य ८ अर्ब ४२ करोड रहेकोमा ६ महिनाको अवधिमै ६६ प्रतिशत उपलब्धी हाँसिल गरेको हो । यसअघि ४ अर्ब ७९ करोडको लक्ष्य तोकिएपनि दुईवर्षको कार्यप्रगतिको कारणले ८ अर्ब ४२ करोड बार्षिक लक्ष्य राखिएको उनले बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिाज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाकाले नै प्रत्येक नागरिकको आर्थिक जीवनस्तर उकासेको कारण व्यापार व्यवसाय सहज हुनपर्ने तर्क राखे । तातोपानी नाकाको सन्दर्भमा उद्योग वाणिज्य संग सिन्धुपाल्चेककोे पहलमा विभिन्न पक्षसंग वार्ता र छलफल चलाईएको स्मरण सुनाउँदै उनले पछिल्लोपटक नाकाको लागि सहजीकरणमा भन्सार प्रमुख दयानन्द केसीको भूमिकालाई प्रसंसा गरे । भन्सारले मूल्य समायोजन गर्न सके मात्र व्यपारीहरूलाई सहज हुने उनको तर्क छ ।

कार्यक्रममा भोटेकोशी गाउँपालिका २ नम्बर वडाअध्य कुमार श्रेष्ठले तातोपानी भन्सारमा मुख्य पार्किङको समस्या भएको भन्दै आफूले जग्गा समेत उपलब्ध गराईदिने बचन दिए । त्यस्तै वडा नम्बर ३ का वडाअध्य निमासोना शेर्पाले तातोपानी भन्सार कार्यालयले स्थानीय साना व्यापारीहरूलाई व्यवसाय गर्न सिकाई कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

दिवसको अवसरमा तातोपानी भन्सार कार्यालले विभिन्न व्यक्तिहरुलाई सम्मान सम्मान समेत गरेको छ । कार्यालयले भन्सार उत्कृष्ट कर्मचारी नायक सुब्बा भिमनाथ तिमिल्सिनालाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट पैटारी भाटभोटनी सुपर मार्केट लगाएतलाई सम्मान गरेको छ ।
भन्सार दिवसको अवसरमा एकसाता सम्म भएको विविध खेलकुद कार्यक्रममा उत्कृष्ठ भएका खेलाडीहरुलाई शिल्क कम्पनीका अध्यक्ष रमेश शेर्पा तथा नेपाल चाईना अफ कमर्शका अध्यक्ष जाङ्बु शेर्पाले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

यसैबीच भन्सार दिवसकै अबसरमा आज नै पहिलोपटक नेपालबाट तयारी चाउचाउ तेस्रोमुलुक अर्थात जापान निर्यात भएको छ । चौधरीग्रपबाट तयार गरिएको वाईवाई जिंक नामक चाउचाउ उत्तरी नाका तातोपानीबाट चाईना हुँदै जापान पठाईएको नेपाल चीन च्याम्बर अफ कमर्शका सिन्धुपाल्चोक अध्यक्ष जाङबु शेर्पाले जानकारी दिए । तातोपानी भन्सारबाट प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य तथा प्रमुख भन्सार अधिकृत दयानन्द केसी र शिल्क ट्रान्सपोटका अध्यक्ष रमेश शेर्पाले संयुक्त रुपमा रिबन काटेर एक कन्टेनर चाउचाउ निर्यातको शुभराम्भ गरेका हुन् ।