जनजागृति मावि भूपू विद्यार्थी समाजकाे छैटाैं बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न
माघ ७, काठमाडौं । चाैतारा साँगाचाेकगढी नगरपालिका- १२ मा साँगाचाेकमा रहेकाे जनजागृति माध्यमिक विद्यालय भूपू विद्यार्थी समाजकाे छैटाै साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ ।
धुलिखेलमा शनिबार विद्यायका प्रध्यानध्यापक ध्रुवराज गिरीकाे प्रमुख अातिथ्यतामा सम्पन्न अधिवेशनबाट हरिबहादुर कार्की पुनः सर्वसहमत चयन भएका छन् ।
अन्य पदाधिकारीहरूमा उपाध्यक्ष निर्मला पराजुली, माहासचिव प्रेमबहादुर तामाङ, सचिव बिन्दा नेपाल, सह-सचिव सन्देश श्रेष्ठ र काेषाध्यक्ष रेशमराज गिरी चयन भएका छन भने कार्यालय सचिवमा मनबिर तामाङ भएका छन्।
यस्तै सदस्यहरूमा अम्बिका पाैेडेल, बिमला श्रेष्ठ, युवकराज गिरी, देवेन्द्र प्रसाद पराजुली, अल्का गिरी, सुनिता गिरी, देवीप्रसाद पराजुली, बिष्णुमायाँ श्रेष्ठ, अशाेक पराजुली, शंखरराज गिरी, सर्वाेत्तम गिरी, सरिता अाचार्य र दिलिपराज गिरी रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा वाङजुङ लामाकाे संयाेजकत्वमा
ध्रुवराज गिरी, गंगा पराजुली, मुक्तिराज गिरी र मिना नेपाल रहेकी छिन । २०७४ सालमा स्थपना भएकाे उक्त समाजले विद्यालयलाई विभिन्न शैक्षिक गतिविधिमा सहयाेग, आर्थिक अभाव भएका जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति लगाएत रचनात्मक क्रियाकलाप गर्दै अाईरहेकाे छ ।
समाजकाे नयाँ कार्यसमितिलाई बिगतमा भन्दा अझै गतिशिल र रचनात्मक बनाउने नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिवद्धता जनाए । उनका अनुसार समाजकाे साधारणसभाबाट काेष तथा शैक्षिक गतिविधि लगाएत याेजनाहरूलाई अनुुमाेदन गरेकाे छ । बनभाेज समेत अायाेजना गरेर सांस्कृतिक मनाेरञ्जात्मक कार्यक्रम सहित भएकाे साधारणसभा तथा अधिवेशनमा २०४५ सालदेखि ७९ साल सम्मका एसएलसी तथा एसईई परिक्षामा सहभागी भूपू विद्यार्थीहरू सहभागी भएकाे नवनिर्वाचित माहासचिव प्रेम बहादुर तामाङले जानकारी दिए ।