दोस्रो राष्ट्रिय कृषि जैबिक बिबिधता दिवस सिन्धुपाल्चोकको ठोकर्पामा मनाईदैं


दिनेश दुलाल
पौष १ (२०८०) ठोकर्पा । सरकारले दोस्रोपटक कृषि जैविक विविधता वर्षको रूपमा मनाउने भएको छ । प्रत्येक वर्षको माघ १ गतेबाट साताव्यापी राष्ट्रिय कृषि जैविक विविधता दिवसको रूपमा मनाइने उक्त दिवस आउँदो माघ ६ गते सिन्धुपाल्चोको ठोकर्पामा मनाउन लागिएको हो ।

गत आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत सरकारले यस वर्षलाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने घोषणा गरेबमोजिम विभिन्न कार्यक्रमहरू गरी मनाईएको थियो । यो वर्ष भने ´कृषि जैविक बिबिधता, हाम्राे अमुल्य सम्पदा,संरक्षण तथा दिगाे उपयाेग, हाम्राे प्रतिवद्धता`
भन्ने मुल नाराका साथ सुनकोशी गाउँपालिकाको आयोजना तथा पिङडाँडा साना किसान कृषि सहकारी लगाएतको समन्वयमा गरिन लागिएको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार ठोकर्पामा हुने उक्त दिवसको सुनकोशी गाउँपालिका आयोजक, बालि विकास तथा जैविक बिबिधता संरक्षण केन्द्र श्रीमहल ललितपु्र सहआयोजक र पिङडाँडा सामुदायिक बिउबैंक सिन्धुपाल्चोक, पिङडाँडा साना किसान कृषि सहकारी संस्था लि. सिन्धुपाल्चोक, सामुदायिक बिउबैंक नेपाल नवलपरासी, सुनकोशी गाउँपालिका वडा नम्बर २ र लि–वर्ड नेपाल लगाएतको समन्वयमा मनाउन लागिएको हो ।

माघ ६ गते मनाईने उक्त दिवसको व्यवस्थापनको सबै तयारी पिङडाँडा साना किसान कृषि सहकारी संस्थाले गर्न लागिएको उक्त सहकारीका अध्यक्ष हिमबहादुर आचार्यले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार कृषि जैबिक बिबिधताको अवसरमा पिङडाँडा सरकारी मार्फत उत्पादन गरेको रैथाने बाली प्रर्दशन मेला गरिने छ । सरकारी उच्च व्यक्तिहरु सहभागी उक्त दिवसमा गाउँपालकिा भित्रका कृषक, कृषक व्यवसायी, कृषि समुह, सहकारी प्रतिनिधिहरु, सामुदायिक विद्यालयका प्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि तथा सरकारी तथा गैरसरकारी प्रतिनिधिहरु सहभागी हुनेछन् । कार्यक्रम पिङडाडाँ साना किसान कृषि सहकारी तथा पिङडाँडा सामुदायिक बीउ बैंक सिन्धुपाल्चोकको प्राङग्रणमा गरिन लागिएको सहकारीका अध्यक्ष आचार्यले जानकारी दिए । आचार्यका अनुसार उक्त कार्यक्रममा रैथानेबाली प्रर्दशन मेला, बीउ साटासाट तथा कृषि जैबिक बिबिधता बारे बिशिष्ट व्यक्तिहरुले मन्तव्य दिनेछन् ।

साताभरिमा विविध क्रियाकलापहरू आयोजना गरिने भएपनि माघ ६ गतेलाई कार्यक्रम तोकिएको हो । ‘उपयोगमार्फत संरक्षण’को मूल मन्त्रलाई व्यवहारमा लागू गर्न कृषि जैविक विविधता र विभिन्न समुदायको मौलिक खाद्य संस्कृति र खाद्य परिकारबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने क्रियाकलापहरू सञ्चालन गरिने जैबिक बिबिधता संरक्षण केन्द्र श्रीमहल ललितपु्रले जनाएको छ ।

पछिल्लो समय वासस्थान विनाश, मिचाहा प्रजातिको प्रवेश, भू–उपयोगमा परिवर्तन, जलवायु परिवर्तन लगायतका कारण कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्रतर बढ्दै गएको र जैविक विविधताको दृष्टिले नेपाल धनी भए पनि कृषि जैविक विविधता ह्रास हुने क्रम बढ्दो रहेको हुँदा यस दिवस मनाउन लागिएको संरक्षण केन्द्रको ठहर छ ।

नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र बालीका रैथाने जातहरू ४० प्रतिशत मासिइसकेको उसको दावी छ । नेपालमा कृषि जैविक विविधताको महत्व र यसको संरक्षण र दिगो उपयोगको आवश्यकतालाई दृष्टिगत गरी विभिन्न संवैधानिक र नीतिगत व्यवस्थाहरू गरिएका छन् ।
कृषि जैविक विविधताको महत्वलाई दृष्टिगत गरी यसको संरक्षण गर्ने दिशामा तीनै तहका सरकारहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

रैथाने कृषि जैविक विविधताको परस्थानीय संरक्षणका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जिन बैंकको पनि स्थापना भएको छ । यसको अलावा स्थानीयस्तरमा क्रियाशील सामुदायिक बिउ बैंक तथा कृषक समूह–सहकारी तथा स्थानीय उपभोक्ताहरूको संस्थाहरूमार्फत पनि कृषि जैविक विविधता संरक्षण लक्षित विभिन्न कार्यहरू हुँदै आएको छ । जस अनुसार स्थानीय स्तरमा रैथाने बालीको संरक्षण मुख्य उद्देश्य राखेर पिङडाँडा साना किसान कृषि सहकारीले बिगत बर्षदेखि काम गरिरहेको अध्यक्ष आचार्य बताउँछन् ।
स्मरण रहोस पिङडाँडा जिल्लाकै मोडेल सहकारीको रुपमा छोटै अवधिमा स्थापित भएको सहकारी मानिन्छ ।