हेलम्बुमा अपांगता जाँच शिविर

पौष २९, किउल । हेलम्बु गाउँपालिकामा अपांगता जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा आर.सि.आर.डि.नेपाल, भक्तपुरको प्राविधिक सहयोगमा अपाङ्गता जाँच तथा परिचय पत्र वितरण शिविर आज सम्पन्न भएको हो ।

हेलम्बु गाउँपालिकाका सबै वडालाई समेटेर किउलमा सञ्चालन गरिएको सहयोगी संस्थाले जनाएको छ । उक्त कार्यक्रम परिचयपत्र पाउन छुटेका करिब ६० जना विविध अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र लिन स्वास्थ्य जाँच गराएका स्वास्थ्य शाखाका प्रमुख बिदुर ज्योतिले जानकारी दिए ।