सिन्धुपाल्चोकका ३ स्थानीय सरकारद्वारा भूकम्प पीडितलाई आर्थिक तथा न्यानाे कपडा वितरण

पुस २२, चाैतारा । जाजारकोट भुकम्प पिडितलाई सिन्धुपाल्चोकका ३ स्थानीय सरकरले आर्थिक तथा न्यानाे कपडा वितरण गरेका छन् । जिल्लाकाे बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी र भाेटेकाेशी गाउँपालिकाले ३५ लाख रुपैंया सहयोग सहित १५ सय थान ब्लाङकेट सहयोग हस्तान्तरण गरिएको जनाएका छन ।

शुक्रवार बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बाेहाेरा सहितको टिमले १५ सय थान तातो ब्ल्याङकेट हस्तान्तरण गरेको हो । जाडोको समयमा भुकम्प पिडितका लागि न्यानो कपडा सहयोग जाजरकोटकाे भूकम्प प्रभावित बस्तीमै पुगेर पीडितलाई नै वितरण गरिएकाे त्रिपुरासुन्दरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाईबाले बताए । उनका अनुसार जाजारकोटका भुकम्प प्रभावित पिडितलाई न्यानो ब्ल्याङकेट सहयोग गर्न संयुक्त रूपमा जनप्रतिनिधि र कर्मचारी सहितकाे टाेली त्यहाँ पुगेका थिए ।

जाजरकोट भूकम्प प्रभावितहरूकाे लागि बाह्रबिसे नगरपालिका बाट १५ लाख , भोटेकोशी गाउँपालिका बाट १० लाख त्रिपुरासुन्दरीबाट १० लाख छुट्टयाइएको थियाे ।

जाडोको समयमा न्यानो होस भन्ने उदेश्यले भुकम्प स्थलमै पुगेर राहत दिएको भाेटेकाेशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । प्राकृतिक विपत्तिको सामना गरिरहेका जाजारकोटका भुकम्प पिडितलाई राहत महसुस हुने गरि राहत वितरण गरिएको बाह्रबिसे नगरपालिका बालकृष्ण बस्नेतले बताए ।

सवारी साधन मार्फत ढुवानी तथा यात्रा गर्न निकै कठिनाई भएपनि ३ दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेर अाईतबार सिन्धुपाल्चोक नै फर्किएकाे प्रमुख प्रशासकीय अधिकृत वाईबाकाे भनाई छ ।

स्मरण रहाेस यसअघि पाँचपाेखरी थाङपाल गाउँपालिकाले समेत भूकम्प प्रभावित क्षेत्रमै पुगेर ५ लाख भन्दा बढीकाे न्यानाे कपडा वितरण गरिसकिएकाे जनाएकाे छ । यता चाैतारा साँगाचाेकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले पूर्वघाेषित १७ लाख प्रधानमन्त्री राहत काेषमा चेक हस्तान्तरण गरेका छन् ।