देशमै युवाहरूलाई राखेर सरकारले राेजगार दिनुपर्ने पूर्व अर्थमन्त्री पाण्डेकाे जाेड

पुस २२ भाेटेचाेर (सिन्धुपाल्चोक ) । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेले आर्थिक मन्दीका कारण देश टाट पल्टने अवस्थामा पुगेकाे भन्दै सरकारले युवाहरूलाई नेपालमै राेजगारकाे सिर्जना गरि युवा विदेश पलायन हुने अवस्थालाई राेक्नुपर्ने धारणा राखेका छन ।

साधारणसभालाई सम्बाेधन गर्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

मेलम्ची नगरपालिका वडा नम्बर१ भाेटेचाैरमा रहेकाे सूर्यमुखि साना किसान कृषि सहकारीको १८ औं बार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पाण्डेले उक्त धारणा राखेका हुन् ।

बागमति प्रदेशकै उत्कृष्ट सहकारीकाे रूपमा रहेकाे सूर्यमुखिकाे शनिबार भोटेचौरमा सम्पन्न भएको साधारणसभाकाे उदघाटन पछिकाे मन्तव्यलाई सम्बाेधन गर्दै ।नेता पाण्डेले अब नोट पैसाहरु बन्द हुने अवस्था अाएकाे भन्दै अहिले मुलुकमा कारोबार खुम्चिएको कारण राजस्व संकलन नभएको बताए ।

सरकारले देशमै युवाहरुलाई राखेर आर्थिक गतिविधि संचालन गर्नपर्नेमा जाेड दिए । नेपालको विकासको लागी अब छरिएको बस्तीलाई केन्द्रित गरि सबै सेवा सुविधा पुग्ने गरि त्यसैलाई शहर बनाउने गरि योजना बनाउन पर्ने उनकाे तर्क छ ।

अचल सम्पत्तिमा लगानी गर्नभन्दा पनि चल्त्तीको ब्यापार व्यवसाय गर्नका लागी सुझाउँदै उनले आफु अर्थमन्त्री हुँदा साना किसान कृषि सहकारीको क्षेत्रमा गरेका कामको फेयरिस्त समेत सुनाए । केही सहकारीहरुका कारण अहिले धेरै सहकारीको बद्नाम भइरहेको भन्दै अनुशासनमा नभएका सहकारी संकटमा परेको उनकाे भनाई छ ।

कार्यक्रममा मेलम्ची २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा , पूर्व जनप्रतिनिधि बद्रीप्रसाद चौलागाईं, सेतिका देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्की, जरायटार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद भट्टराई लगायतले सुभकामना मन्तव्य राखेका थिए । संस्थाको बार्षिक प्रगति प्रतिवेदन अध्यक्ष मित्रलाल चौलागाईं प्रस्तुत गरेका थिए भने लेखा समिति प्रतिवेदन लेखा समिति संयोजक कमलमणि खनाल, आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष गोविन्दप्रसाद चौलागाईं र लेखा परिक्षण प्रतिवेदन संस्थाका सहायक प्रबन्धक विना पोखरेलले प्रस्तुत गरेेका थिए ।

कार्यक्रममा भिमसेन खतिवडा, राजेश ढकाल, राधिका ढकाल र कोपिला तामाङले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणि एसइइमा उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । मेलम्ची नगरपालिकाको ६ वटा वडा कार्यक्षेत्र रहेको यस संस्थामा ३ हजार १३ शेयर सदस्य रहेका छन् ।