चौतारामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ईर्खु माविलाई
पुस १८ (२०८०), चौतारा । चौतारा साँगाचोकगढी नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ईर्खु माविले हात पारेको छ । २१ स्वर्ण जित हासिल गर्दै इर्खु प्रथम भएको हो । त्यसैगरी १४ स्वर्ण पदक ल्याएर श्रीकृष्ण रत्नगंगा मावि चौता।ा दोस्रो र ८ स्वर्ण पदक जित हाँसिल गरेर सेतीदेवी मावि स्याउले तेस्रो हुन सफल भएको छ ।
विजेता खेलाडीलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले टर्फी, मेडल, प्रमाण प्रदान गरेका थिए । समापन आज दिउसो ४ बजे भएको थियो । स्थानीय तहहरुले पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गरिरहँदा पालिका मध्येकै सबैभन्दा ठूलो प्रतियोगिता चौतारा साँगचोकगढी नगरपालिकाले गरेको हो । नगर खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट भएको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उदघाटन नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका थिए ।
समापन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राबहादुर केसी, सामाजिक विकास संयोजक तथा १३ नम्बरवडाअध्यक्ष रामप्रसाद गौतम, ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठ, ४ नम्बर वडाअध्यक्ष कुमार शर्मा, १४ नम्बर वडाअध्यक्ष उद्वव नेपाल लगाएत वडाअध्यक्षहरु, नगर शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख राजनैतिक दलका प्रतिनिधि, प्रहरी लगाएत सहभागी थिए ।
३ दिन सम्म भएको उक्त प्रतियोगितामा कराँते, भलिबल, हाईजम्प, लङजम्प, दौड, ज्याबलिङ थ्रो, सर्टफुट लगायत ६६ विधामा खेलहरुको प्रतिस्पर्धा गराएको नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले बताए ।
उनका अनुसार चौतारा साँगाचोक नगरपालिका भरीका एक निजी विद्यालय सहित २२ मावि तहका विद्यालयहरुका एकहजार भन्दा माथि विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । विद्यालय र विद्यार्थीहरुको संख्याको हिसाबले सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये यो नै सबैभन्दा ठूलो सहभागिता हो ।
निर्माधिन चौतारा टुँडिखेलको मैदानलाई सम्याएर खेलकुद गतिविधि गराईएको थियो । विद्यार्थी तथा स्थानीयको बाक्लो उपस्थितिका बीच ३ दिन सम्म हुने प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।