लिसंखुपाखर गाउँपालिकाद्वारा स्थानीयमै रोजगारीको सिर्जना
पुष १२ (२०८०), अत्तरपुर । जिल्लाको लिसंखुपाखर गाउँपालिकाले स्थानीय तहमै बेरोजगार युवाहरुलाई सीपमुलक रोजगारीको अवसर सिर्जना गरेको बताएको छ ।
पालिकाकाले व्यवसायिक सीप विकास तालिमको लागि दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेर यो अवसर प्रदान गरेको हो ।
गाउँपालिकाले प्रथम पटक पुस ८ गते प्रकाशित सूचनामा उल्लेख गरिए अनुसार लिसंखुपाखर गाउँपालिका घरेलु तथा साना उद्योग केन्द्र शाखाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय स्तरमा नै रोजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्ने प्लम्बर, हाउस वाईरिङ, कपाल काट्ने र व्यूटिसीयन सीप विकास तालिममा लिसंखुपाखर गाउँपालिका भित्रका ईच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न भन्दै सूचना प्रकाशित गरेको हो ।
निवेदकले नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, विवाहितको हकमा विवाहको प्रतिलिपी र पासपोर्ट साईजको फोटो २ प्रति सहित निवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिए अनुसार तालिम निशुल्क भएपनि खाना, बास तथा यातायात सहभागीले वेहोर्नुपर्ने छ ।