सहिदको चिहानमाथि वडा पार्टी सम्मेलन !

दिनेश दुलाल
पुस ८, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी डौठेका ८२ वर्षीय मुक्तिनाथ गौतम आईतबार आधा घण्टाको बाटो करिब डेड घण्टा लगाएर नर्सिङडाडाँ हत्याकाण्ड स्थल पुगे । त्याहाँ नेकपा (माओवादी केन्द्रको वडा सम्मेलन आयोजना गरिएको थियो । सकिनसकी बल्लतल्ल लौरो टेकेर गौतम कार्यक्रम स्थलमा थचक्क बसे । गौतम बसेकै स्थानमा उनका जेठा छोरा शिबहरी गौतम लगाएत ६ जना सर्वसाधाराणको तत्कालिन शाही सेनाले एउटै चिहान बनाएको थियो । आँशु टिलपिलाउँदै वृद्वा गौतमले आफ्नो छोरो मारिएको स्थान देखाउँदै भने–‘शाही सेनाले त्यहि रुखमा बाँधेर शिवहरीको शरिर छिया–छिया पारेर हत्या गरेको ।’ त्यसपछि उनले –‘गणेश गौतम, टिकादत्त दुलाल, झलक बहादुर दुलाल, भक्तलाल दुलाल, छिरिङ तामाङको त्यहाँ–त्यहाँ हत्या भएको’ भनेर क्रमश….औलाले देखाउँदै भने । कार्यक्रममा पुगेकी सहिद गणेश गौतमकी जीवन संगिनी अमृता गौतम भावविहल बनीन ।

कार्यक्रममा सहभागी नर्सिङडाँडा हत्याकाण्डका सहिद परिवार

सहभागी सहिद परिवारको मात्रै आँशु रसाएन सहभागी सबै स्तब्ध भए । जाहाँ ६ जना गाउँका किसानलाई घरबाटै गिरफ्तार गरेर नर्सिङडाँडा जंगलमा लगी कुटी कुटी हत्या गरेर गाडीएको थियो । त्यहि चिहान माथि नै माओवादी केन्द्र १३ नम्बर वडा कमिटीले आफ्नो चाैथाे वडा सम्मेलन गरको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुली पुगेका थिए । वडा पार्टी सम्मेलनको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला संयोजक पराजुलीले नर्सिङडाँडा हत्याकाण्ड लगाएत जनयुद्वका सहिदहरुको सपनालाई साकार पारि छाड्ने ठोकुवा गरे । सहिद तथा वेपत्ता परिवारको भावनालाई पार्टीले उच्च मूल्याङकनका साथ कदर गरिने समेत उनले प्रतिवद्वता जनाए ।

कार्यक्रमका विशेष अतिथि १३ नम्बर वडाका वडाअध्यक्ष तथा पार्टीका जिल्ला नेता रामप्रसाद गौतमले नर्सिङडाँडा हत्याकाण्डका सहिदहरुको स्मरण गर्दै सहिदको सम्झनामा चिहान भएकै स्थानमा ‘सहिद पार्क’ निर्माणको चरणमा रहेको बताए । जिल्लाकै नमुना पार्क निर्माणको लागि ६ करोड भन्दा माथिको डिपिआर तयार गरी बहुबर्षीय योजनाको रुपमा काम थालनी गरेको बताउँदै नेता गौतमले वडाले सहिद तथा वेपत्ता परिवारको लागि विशेष योजना समेत प्रस्ताव गरिएको जानकारी दिए । कार्यक्रममा जिल्ला महिला नेतृ तारादेवी राना, जिल्ला नेता रामशरण विक लगाएतले शहिदको स्मरण गर्दै सहिद, वेपत्ता, घाईते लगाएतलाई विशेष प्राथमिकता दिएर सरकारले नै कार्यक्रम ल्याउन पर्ने धारणा राखे ।

यसैबीच आज भएको पार्टीको वडा सम्मेलनबाट नारायणप्रसाद गौतमको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको छ । जसमा उपाध्यक्ष गणेशबहादुर तामाङ, होमनाथ चौलागाई, कृष्णबहादुर थापा र गुणबहादुर गिरी, सचिव लिलाबहादुर गिरी, सह–सचिव अर्जुन गहतराज, सह–सचिव विष्णुमायाँ दुलाल र कोषाध्यक्ष सानुमायाँ थापा सर्वसहमत भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रेमप्रसाद चौलागाई, एकबहादुर श्रेष्ठ, शान्ता गिरी, उर्मिला पुरी, डिल्लिप्रसाद चौलागाँई, कल्पना रोक्का, प्रलाद गौतम, गणेशबहादुर श्रेष्ठ, होमबहादुर तामाङ, निरा गिरी, सोमबहादुर रोक्का, सुब्बा केसी र प्रकाश श्रेष्ठ रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा सुजन श्रेष्ठ, ज्ञानबहादुर गिरी, सविना तामाङ, अन्जु श्रेष्ठ, अर्जुन रोक्का, शर्मिला विक, रेलबहादुर श्रेष्ठ, देवमायाँ श्रेष्ठ, पार्वती तामाङ, देवी गिरी, सन्तोष माझी, दलबहादुर तामाङ, अभिशेक गहतराज, यमबहादुर थापामगर, लोकबहादुर विक, राजेन्द्र दुलाल र भिमबहादुर नेपाली रहेका छन् ।

त्यस्तै शान्ता गिरी ईन्चार्ज रहेको अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) को पार्वती तामाङको अध्यक्षतामा उपाध्यक्षहरु देवमायाँ श्रेष्ठ, कमला गौतम र निशा फुँयाल रहेका छन् । त्यसैगरी सचिव प्रमिला सापकोटा र गोमा ढुङगेल सह–सचिव र शर्मिला विक कोषाध्यक्ष रहेकी छिन् । त्यस्तै सदस्यहरुमा कल्पना रोक्का, देवकी रोक्का, लक्ष्मी परियार, सरिता श्रेष्ठ, बिमला श्रेष्ठ, रचना तामाङ, निरा गिरी, रमिला पुरी, रत्नकुमारी दुलाल, सुनिता श्रेष्ठ, भावना दुलाल र पार्वती दुलला रहेका छन् ।

संगठित सदस्यहरुको सहभागितामा भएको वडा सम्मेलनमा प्रतिवेदन प्रस्तुत गरिनुका साथै जनवादी नृत्य समेत प्रस्तुत गरिएको थियो । नारायण प्रसाद गौतमको सभाअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लिलाबहादुर गिरीले गरेका थिए ।

यसैबीच आज नै नेकपा (माओवादी केन्द्र) ले जिल्ला सदरमुकाम लगाएत जिल्लाका एकदर्जन भन्दा बढी वडाहरुको वडा सम्मेलन सम्पन्न गरेको जनाएको छ ।