
जलविरे भ्याली क्याम्पसको १३ औं वार्षिकोत्सब सम्पन्न, सांसद सापकोटाद्वारा अक्षयकोषमा एकलाख दिने घोषणा

पुष ८, जलबिरे (सिन्धुपाल्चोक) । जिल्लाको जलविरे भ्याली क्याम्पसको १३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुर्नमिलन समारोह विविधि कार्यक्रम गरी मनाएको छ । शनिबार भएको १३ औं वार्षिकोत्सव कार्यक्रमको उदघाटन सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं.१ का सांसद माधब सापकोटा ‘सुबोध’, ले गरेका थिए ।
उक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत भईसकेका १३ औं वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि सांसद सापकोटाले उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै यस अघि आफू क्याम्पस सञ्चालक समितिको अध्यक्ष रहेपनि सोचेको जस्तो क्याम्पसलाई परिवर्तन गर्न नसकिएको बताए । क्याम्पसले स्थापना गरेको अक्षयकोषमा आफ्नो व्यक्तिगत तर्फबाट एकलाख दिने घोषणा गर्दै सांसद सापकोटाले क्याम्पसको शैक्षिक र भौतिक प्रगितिको लागि निरन्तर सहयोग गर्ने प्रतिवद्वता जनाए ।
कार्यक्रममा बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो लगाएतले बार्षिकोत्सव कार्यक्रमको शुभकामना मन्तव्य राखेका थिए । क्याम्पसको १३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भुतपूर्व विद्यार्थी पुनर्मिलन समारोह विविध संस्कृतिक कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भएको उक्त क्याम्पस प्रशासनले जनाएको छ ।