भक्तपुर अस्पताल ३०० बेडमा रुपान्तरण हुँदै
मंसिर ४, भक्तपुर । बीर अस्पताल पछिको दोस्रो ठूलो भक्तपुर अस्पताल अब ३०० बेडमा रुपान्तरण हुने भएको छ ।
बागमती प्रदेश सरकार मन्त्री परिषको मंगलबार बसेको बैठकले १०० बेडको भक्तपुर अस्पतालाई अब ३०० बेडको अस्पतालमा स्तरउन्नती गर्ने निर्णय गरेको । अब भक्तपुर अस्पतालमा डाक्टर नर्स सहितको सेवा तीन गुणा सेवा र कार्यक्षेत्र बिस्तार हुने जनाईएको छ ।
भक्तपुर अस्पतालको स्तर उन्नति गर्ने एउटा संकल्प पूरा भएको सो अस्पतालकी सुपरीडेन्टेट सुमित्रा गौतमले प्रतिक्रिया दिईन । उनले बागमति प्रदेश सरकारले भक्तपुर अस्पताललाई थप सेवा सहितको ३ सय बेडमा रुपान्तरण गरिएकोमा प्रदेश सरकारलाई धन्यवाद समेत दिईन । सुपरिटेन्डेन्ट गाैतमले आफूले उक्त अस्पताललाई विस्तार गर्न निरन्तर प्रयान्त गरेपछि सफल भएकाे बताईन । अस्पतालकाे सुधार समेत उनकाे नेतृत्वमा सफल भएकाे जानकारहरू बताउँछन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जना (प्राबिधीक सहित ) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै भक्तपुर लगाएत हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको हो ।
यि हुन् विस्तार गरिएका अस्पतालहरु
१) घादिड अस्पताल (धादिडबेशी) – १०० बेड
२) त्रिशुली अस्पताल (नुवाकोट ) –१०० बेड
३)हेटौडा अस्पताल ( मकवानपुर ) –३०० बेड
४) सिन्धुली अस्पताल (सिन्धुली )–१०० बेड
५) भक्तपुर अस्पताल (भक्तपुर ) – ३०० बेड
६) बकुलर अस्पताल (चितवन ) – १०० बेड
७) सिन्धुपाल्चोक अस्पताल ( सिन्धुपाल्चोक ) ५० बेड
८) रामेछाप अस्पताल (रामेछाप ) –५० बेड
९) पशुपति चौलागाई अस्पताल (दोलखा ) – ५० बेड
१०) मेथिनकोट अस्पताल ( काभ्रे ) – ५० बेड