सिन्धुसोसाईटी अमेरीकाले लियो अग्नीपीडित एक बालकको पढाईको जिम्मा

मंसिर २९ (२०८०), काठमाडौं । सिन्धुसोसाईटी अमेरीकाले सिन्धुपाल्चोकको अग्निपीडित एक बालकको पढाईको जिम्मा लिने भएको छ ।
गत मङ्सिर १८ गते आगोलागीमा परी मृत्यु भएका सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं ८ निवासी लोक बहादुर नेपालीको घरसमेत जलेर नष्ट भएको थियो ।

अग्निपीडित नेपालीको परिवारको अवस्था अत्यान्त नाजुक अबस्थामा रहेकोले लोकबहादुर नेपालीको ३ जना छोराछोरी मध्य कान्छा छोरा बर्ष ८ को आयुष नेपालीलाई कक्षा १२ सम्मको पढाईको सम्पूर्ण जिम्मेवारी सिन्धुसोसाईटी अमेरीकाले लिएको उक्त संस्थाका सिन्धुपाल्चोक प्रतिनिधि भुपेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार आयुषलाई आजकै मितिबाट बाह्रबिसे खोर्सानिबारी स्थित चण्डेस्वरी बोर्डिङ स्कुलको सहकार्यमा भर्नासमेत गरिसकेको छ । उक्त आगोलागीमा लोकबहादुर नेपालीको घटनास्थलमै ज्यान गएको थियो ।

स्मरण रहोस सिन्धु युएसए वेलफेयर सोसाईटिले एसईईमा उत्कृष्ट नम्बर ल्याउने सिन्धुपाल्चोकका छात्रछात्राईहरुलाई बर्षेनी सम्मान तथा नगर पुरस्कार प्रदान गर्दै आएको छ । शिक्षा तथा सामाजिक कार्यमा क्रियासिल संस्था सोसाईटीले पछिल्लो पटक सिन्धुपाल्चोक जिल्लामा निकै चर्चा कमाउन सफल भएको छ । संस्थाका अध्यक्ष सूर्य खड्का रहेका छन् ।