
राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा रत्न राज्य मावि प्रथम

निर्मल बस्नेत
मंसिर २९(२०८०) सेलाङ । जुगल गाउँपालिकाको पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० को रत्न राज्य माध्यमिक विद्यालय चनौटे प्रथम भएको छ ।
जुगल गाउँपालिकाको आयोजनामा बिहिबारबाट सुरु भएको २ दिने प्रतियोगितामा ११ स्वर्ण १० रजत र २ कास्य सहित रत्न राज्य प्रथम भएको हो । त्यस्तै १० स्वर्ण ७ रजत २ कास्यसहित रामेस्वर मावि द्वितीय, ८ स्वर्ण २ रजत ५ कास्य सहित सेलाङ माध्यमिक विद्यालय सेलाङ तृतीय भएको छ ।
प्रतियोगितामा ५ स्वर्ण ५ रजत ३ कास्यसहित जलदेबि मावि हगाम चौथो भएको छ । त्यस्तै कालीदेबि मावि पाङताङ ४ स्वर्ण ७ रजत ६ कास्य सहित १७ पदक, १ स्वर्ण ३ रजत ३ कास्यसहित सेतिदेबि माविले ७, १ स्वर्ण ३ रजत २ कास्य सहित भिमसेन मावि ६ पदक र २ रजत ३ कास्यसहित बनकालीदेबी माविले ५ पदक हाँसिल गरेका छन् ।
प्रतियोगिता बिजेता विद्यालय र खेलाडीहरूलाई सिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमालकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले बितरण गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रममा वडा अध्यक्षहरु, विद्यालयको प्रअहरु, स्थानीय समाजसेवीहरुको आतिथ्यता र विद्यार्थी, अभिभावक स्थानीयहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाको ९ वटा बिद्यालयको सहभागितामा प्रतियोगिता सम्पन्न भएको २ दिने प्रतियोगितामा कराँते, भलिबल, हाईजम्प, लङजम्प, दौड, ज्याबलिङ थ्रो, सर्टफुट लगायत खेलहरुको प्रतियोगिता गरि सम्पन्न गरिएको शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए ।