लिसंखुपाखर गाउँपालिका सिन्धु तेक्वान्दाेसंघद्वारा सम्मानित

मंसिर २०, बाह्रबिसे । जिल्लाको लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोक जिल्ला ताेक्वान्दाेसंघ द्वारा सम्मानित भएकाे छ । बाह्रबिसेमा भएको तेस्रो सिन्धु आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आज अन्तिम दिनमा जिल्ला तोक्वान्दो संघले पालिका अध्यक्ष राजु लामालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अध्यक्ष लामालाई सम्मानपत्रले सम्मान गरेका हुन् ।
लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडी काजल श्रेष्ठलाई दुई लाख नगद सहयोग गरेकाे थियाे ।

नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामाले सोही गाउँपालिका–५ जेठलकी खेलाडी श्रेष्ठलाई दुईलाख रकमको चेक हस्तान्तरण गरेका थिए ।
तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले लिसंखुपाखर पालिकाको सहयोगको योगदानको कदर गर्दै पालिका अध्यक्षलाई सम्मान गरिएको बताए । पालिका अध्यक्ष लामाले खेलाडी प्रति गरेको सम्मानले सम्पूर्ण खेलाडी र खेलप्रेमीलाई हौसला मिलेको भण्डारीको भनाई छ ।

तेक्वान्दो खेलाडी काजल साउथ च्याम्पिएन खेलाडी हुन् । अजरबैजनमा हुने प्रतियोतिामा भाग लिन जाने क्रममा खर्चको अभावमा भौतारिएकी काजललाई पालिका अध्यक्ष लामाले तत्काल दुईलाख उपलब्ध गराएका थिए । काजलले अजरबैजनमा नजितेपनि कोरियामा भएको अन्तराष्ट्रिय प्रतियोगितामा रजत पदक हात पार्न सफल भईन । काजल हाल कोरियामा भएको प्रतियोगितामा रेर्फीको भूमिकामा रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । लिसंखु पाखर गाउँपालिका वडा नं ५ की काजल सार्कमा स्वर्ण पदक बिजेता खेलाडी हुन् ।

स्मरण रहोस गत जेठ १५ गते देखि अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन काजल सहित नेपालका तर्फबाट ८ खेलाडी र २ जना कोच जेठ ११ गते अजरबैजान प्रस्थान गरेको थियो ।