आलोपालो अग्रसर बहुउद्देश्य सहकारीको १० औं वार्षिक साधारणसभा सम्पन्न

दिनेश दुलाल
मंसिर १६, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीमा रहेको आलोपालो अग्रसर बहुउद्देश्य
सहकारीको १० औं साधारणसभा प्रतिनिधि क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुवोध’ को प्रमुख आतिथ्यता तथा १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमको विशेष अतिथिमा आज सम्पन्न भएको हो ।

सहकारीको उदघाटन गर्दै २ नम्बर क्षेत्रका सांसद संघीय सांसद माधव सापकोटा ‘सुवोध’

सहकारीको साधारणसभाको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सांसद सापकोटाले अबको विकासको चरण सहकरीको माध्यामबाट भएको बताउँदै जनताको आर्थिक जीवन उकास्न सहकारीलाई व्यवस्थि गर्न आवश्यक रहेको औल्याए । सहकारीको माध्यामबाट जनतालाई आय आर्जनका काममा सरिक गराउन सकिने भन्दै सहकारले सहकारीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताए । जनताको भावना र सरकारको नियम बमोजिम केही सहकारीहरु बदनाम भएको बताउँदै त्यस्ता सहकारीलाई सरकारले नियमन गर्न आवश्यक रहेको तर्क राखे ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले ग्रामिण सहकारीले मान्छेलाई क्रियासिल बनाएको बताउँदै सहकारीको विकास र प्रर्वद्वनका लागि केन्द्रीय सरकारले नै विशेष कार्यक्रम ल्याउन पर्ने बताए । आलोपालोले बालबालिकाहरुको लागि दिवा खाजा कार्यक्रम लगाएत रचानात्मक काम गरेको भन्दै वडा कार्यालयले सहकारीहरुसंग समन्वय गरेर जनताका आधारभूत कुराहरु पुरा गरेको ठोकुवा गरे । कार्यक्रममा सेतीदेवी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद दाहाल, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष होमनाथ चौलागाई लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, शेयर सदस्य तथा समाजसेवी सञ्चारकमी लगाएतको सहभागिता रहेको थियो ।
सहकारीका अध्यक्ष नारायण प्रसाद गौतमले आ.व.०७९÷८०को प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हरि बहादुर नेपालले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सहकारीले यस बर्ष शेयर सदस्यहरुलाई १०% प्रतिशत लाभांश समेत पारित गरिएको सहकारीका निर्देक तथा प्रवन्धक लिलाबहादुर गिरी सन्तोषले जानकारी दिए । उनका अनुसार सोही कार्यक्रमको अवसरमा गत एसइइमा उत्कृष्ट भई जिपिए ल्याउने सामुदायिक विद्यालयका ४ जना छात्र तथा छात्रालाई सम्मान गरिएको थियो । त्यस्तै सोही कार्यक्रममको अवसरमा १० जना उत्कृष्ट बचत कर्ता र ३ जना असल ऋणीलाई सम्मान गरिएको प्रवन्धक गिरीले जानकारी दिए ।

उक्त सहकारीले भावी कार्यक्रमको रुपमा कृषि तथा पशुपालन कार्यकमलाई प्रोत्साहन गर्ने, जसका लागि वडा कार्यालय र नगरपालिका संग समन्वय गरि साझेदारीमा कार्यकम सँचालन गर्न पहल गरि स्थानीय स्तरमा उत्पादित कृषिजन्य उत्पादन र पशुजन्य उत्पादनमा वडा लाई आत्मनिर्भर बनाउने रणनीति लिएको जनाएको छ ।

त्यस्तै कृषक सदस्यको माग अनुसारको रासायनिक मल,कृषि यन्त्रीकरण ,उपकरण, बिउ बिजन, किटनाशक औषधि सहकारी मार्फत नै उपलब्ध गराउने कार्यकमलाई निरन्तरता दिदै जाने योजना बनाएको छ ।

सहकारीको शेयर पुंजी हाल ४४ लाख ६७ हजार १०० रहेको छ । अब ५० लाख पु¥याउने उसको लक्ष्य रहेको जनाएको छ ।
२०७० साल पौष १९ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा आलोपालो वचत तथा ऋण सहकारी संस्था दर्ता भएको हो । संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिटान्स सेवा सुरु गरि स्थापनाको छोटो समयमा नै सदस्यहरुको आर्थिक कारोवार गर्ने लोकप्रिय संस्थाको रुपमा स्थापित गर्न सफल भएको सहकारी मानिन्छ । सहकारीमा हाल महिला ः६६३, पुरुष ः ६२३, अन्य ः ३९, जम्मा ः१३२५ शेयर सदस्य रहेका छन् ।