परोपकारले अक्षयकोषको लागि खेलेको देउसीभैलोमा एकैदिन ५ लाख संकलन
दिनेश दुलाल
कार्तिक २५, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर वडा नम्बर ८ सिपाडोलमा रहेको सामाजिक संस्था सिपाडोल क्षेत्र परोपकार समाजले खेलेको देउसी भैलोमा एकैदिन ५ लाख रकम संकलन भएको छ ।
मानव सेवामा समर्पित परोपकारी संस्थाले निर्माण गरेको अक्षकोषको लागि आज कागतिहारको अिदन खेलेको देउसीभैलो कार्यक्रममा ५ लाख १५ हजार ४ सय ५५ रुपैंया संकलन भएको परोपकार समाजले जानकारी दिएको छ ।
दार्जलिङ हाईटका समाजसेवी तथा व्यवसायी पूर्ण लिम्बुको चोकबाट सुरु गरेको देउसीभैलो कार्यक्रमको सुरुवात बागमति प्रदेश सदस्य एवम परोकार समाजका संरक्षक किरण थापा, वडा अध्यक्ष पुष्पराज बस्नेतको उपस्थितिमा देउसीभैलो कार्यक्रम गरिएको हो । संस्थाका संरक्षक तथा अक्षयकोषका संयोजक सांसद थापाले सिपाडोल क्षेत्रभित्र रहेका गरिब, दुःखमा परेका तथा आर्थिक अभावले उपचार नपाएका विपन्न नागरिकहरुको सहयोगको लागि अक्षयकोष निर्माण गरिएको र सोही अक्षयकोष परिपूर्तिका लागि देउसीभैलो कार्यक्रम आयोजना गरिएको बताए । सोही अक्षयकोषमा जम्मा भएको रकमको व्याजबाट त्यस्ता व्यक्तिहरुलाई सहायता गरिने उनले बताए । संस्थाका संरक्षक बालकृष्ण सापकोटाले सूर्यविनायक मात्र होईन भक्तपुर जिल्लाकै नमुनाको रुपमा रहेको परोपकार समाजलाई हुर्काउन धेरै मिहिनेत गरेर यो अवस्थामा ल्याईपु¥याएको स्मरण सुनाउँदै संकलित रकम हिनामिना नगरिने प्रतिवद्वता जनाए ।
संस्थामा आवद्व सदस्यहरु सम्मिलित टोलीले सिपाडोलको चार ठाउँमा केन्द्रीत गरेर देउसी भैलो कार्यक्रम गरेको संस्थाका अध्यक्ष हेम सापकोटाले जानकारी दिए । उनका अनुसार दार्जलिङ हाईटमा एकलाख ५८ हजार ३ सय ६५, राधाकृष्ण चोकमा ६५ हजार ५ सय ८५, विद्यानगर चोकमा ४१ हजार ७ सय ८० र परोपकारको आफ्नै भवनमा २ लाख ४९ हजार ७ सय १५ उठेको हो ।
उठेको रकम एकरुपैंया पनि अन्य प्रयोजनमा खर्च नगरी अक्षयकोषमा जम्मा गरिने संस्थाका वरिष्ठ उपाध्यक्ष वोजराज थापाले बताए ।
देउसीभैलो कार्यक्रममा सिन्धुपाल्चोकका कलाकार सूर्यमणी आचार्य, भिमसेन खतिवडा र उमा श्रेष्ठले बेजोड साँस्कृतिक प्रस्तुती दिएका थिए । बिहान ९ बजेबाट सुरु भएको देउसीभैलो कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो ।
यसैबीच सोही कार्यक्रमको अवसरमा सिपाडोलका स्थानीय हाल क्यानाडा निवासी एनआरएनका कोषाध्यक्ष अविमान्नु बस्नेतलाई संस्थाले दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
२०७४ सालमा स्थापना भएर १ सय २७ जना सदस्य रहेको उक्त संस्थाले ६ वर्षकै बीचमा आफ्नै भवन सहित उलेख्य काम गरेको छ । कोरोना माहामारीको बेलामा समेत मुल सडकबाट पैदल यात्रा हिँडेर आफ्नो गन्तव्य तर्फ लागेका बटुवाहरुलाई जगाती चोकमा निशुल्क खाना तथा स्वास्थ्य सेवा दिएर नाम कमाउन सफल समाजले परोपकारी सेवाद्वारा छोटै समयमा चर्चामा आउन सफल भएको संस्था हो ।
स्मरण रहोस संस्थामा आवद्व सदस्यका परिवारमा मृत्युृ भएमा संस्थाबाट किरिया खर्चबापत ३० हजार सहयोग गर्ने तथा विरामी हुँदा सकेको आर्थिक संकलन गरिदिने नियम छ ।