
त्रिविणी घाटमा लास जलाउने ठाउँ छैन, जनतालाई सास्ती

कार्तिक २२, बाह्रबिसे । बाह्रविसे नगरपालिका तथा त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनका स्थानीयको व्यवस्थित घाट नहुँदा उनीहरु सकस खेप्न वाध्य छन् ।
बाह्रबिसे नगरपालिका–३ स्थित सुनकोशी नदि र भोटेकोशी नदिको संगम स्थलाई त्रिविणी घाट भनिन्छ । जाहाँ त्याहाँका स्थानीयले सकसले लाश जलाउन परेको सुनकोशीका स्थानीय राजेन्द्र भण्डारीले सिन्धुज्वालालाई बताए ।
दिनको २ जनादेखि ५ सम्म लास जनाउने घाटमा बाढी आएपछि घाट व्यस्थित नभएको भण्डारीले बताए । उनको अनुसार त्रिवेणी घाट पशुपति स्थित आर्यघाट पछिको दोस्रो ठूलो घाट मानिन्छ ।
बाह्रबिसे नगरपालिकाले समेत चासो नदिएको स्थानीयको आरोप छ । स्थानीय राजेन्द्र भण्डारीका अनुसार पूर्व मेयर निम्फुन्जो शेर्पाको पालामा नगरबाट ४० लाख बिनियोजित भई व्यवस्थित घाट तथा सतल निर्माण भएको थियो । दुई बर्ष अघिको सुनकोशीको बाढीले सबै संरचना बगाएपछि खोलामा लाश लैजानै मुश्किल भएको स्थानीय बताउँछन् । ‘खोलामा लाश लैजान बाटो समेत छैन, बर्षा याममा लाश जलाउन लैजाँदा बाढीले बगाउने समस्या हुन्छ’, अर्का स्थानीय लालबहादुर श्रेष्ठले भने ।
स्मरण रहोस सोही घाट नजिकै ऐतिहासिक तथा पुरातात्विक सुनकोशी मन्दिर छ । त्याहाँ बर्षको एकपटक बालाचर्तुदर्शीमा ठूलो मेला लाग्छ ।