नुवाकोटका स्थानीय तहद्वारा सिन्धुपाल्चोकका २ पालिकाको अवलोकन भ्रमण
दिनेश दुलाल
कार्तिक १७, हिन्दी । छिमेकी जिल्ला नुवाकोटका स्थानीय तहहरुले सिन्धुपाल्चोकका दुई पालिकाको अवलोकन भ्रमण गरेका छन् ।
१२ स्थानीय तह रहेको नुवाकोटका दुई नगरपालिका तथा १० गाउँपालिकाका जनप्रतिनिधि तथा विभागीय कर्मचारी सहितको टोलीले बिहिबार सिन्धुपाल्चोकका दुई स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिकाको अवलोकन भ्रमण गरेका हुन् ।
३ पालिका अध्यक्ष तथा ९ पालिका उपाध्यक्ष सहित ५६ जनाको जम्बो टोली सुरुमा चौतारा साँगाचोकगढी नगरपालिकाको भम्रण गरेको थियो । अवलोकन भ्रमण टोलीलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटा तथा उपप्रमुख सीता थापा लगाएत जनप्रतिनिधिले भव्य स्वागत गरेका थिए ।
त्यसपछि उक्त टोली १३ नम्बर वडा ठूलोसिरुवारी पुगेको थियो । दिवा खाजामा जिल्लाकै नमुना शिष्टम बसालेको १३ नम्बर वडाको टोलीले भ्रमण गरेको थियो । बिहिबार नै उक्त टोली भोटेकोशी गाउँपालिका पुगेको हो । दिउसो ४ बजे भोटेकोशी गाउँपालिका पुगेको उक्त टोलीलाई गाउँपालिकाले भव्य स्वागत गरेको थियो । भोटकोशी गाउँपालिका प्रशासनिक भवनमा नुटाकोटका भ्रमण टोली र भोटकोशी गाउँपालिकाका उपलब्ध जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा भेटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले छिमेकी जिल्ला नुवाकोटका स्थानीय सरकाका प्रतिनिधिहरुले शैक्षिक क्षेत्र तथा दिवा खाजाको सन्दर्भमा गरिएको अवलोक भ्रमणले सकरात्मक सन्देश दिएको बताए । उनले स्थानीय पालिकामा आफूले गरेको अनुभव समेत सुनाए । समाजलाई हेर्ने दृष्टिकोण जनप्रतिनिधि भएर र नहुँदाको बखतमा निकै भन्निता भएको उनले सुनाए । प्रत्येक जनप्रतिनिधिले आफ्नो कार्यकालमा एउटा मात्रै उदारणीय काम गरेर जाने हो भने मात्र समाज त्यतिकै परिवर्तन गर्न सकिने धारणा राखे । जनताको विकास निर्माण तथा विकास गर्ने मुख्य जगमा स्थानीय सरकार रहेको उनको ठम्याई छ । आफ्नो क्षेत्रको आवश्यकता के हो त्यसको निक्र्यौल जनप्रतिनिधिले गर्नुपर्ने उनले तर्क राखे । त्यसैगरी पालिका उपाध्यक्ष दिछेन शेर्पाले आफूले नुवकोटको अवलोकन भ्रमण गर्दा एसएमएस मनिटरिङ शिष्टम निकै उपयोगी लागेको बताईन । नुवाकोटका पालिकाहरुले विद्यालयका बालबालिकाहरुको लागि दिईने दिवा खाजा कार्यक्रम हरेर भोटेकोशी गाउँपालिकामा पनि प्रभावकारी योजना बनाईएको जानकारी दिईन ।
उक्त अन्तरक्रिया कार्याक्रममा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंखरबहादुर थापाले आफुनो गाउँपालिकाले बालबालिकाहरुलाई नुवाकोट जिल्लाका स्थानीय सरकार, भुगोल तथा प्रशासनिक क्षेत्रको बारेमा जानकारी गराउने हिसाबले शैक्षिक पाठ्यक्रम तयार गएिको बताए । राष्ट्रिय पाठ्याक्रमले समेट्न नसकेको कुराहरु स्थानीय पाठ्यक्रमले समेट्न सकेको बताए ।
त्यसैगरी मेघाङ गाउँपालिका अध्यक्ष आशा तामाङले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन संघीय सरकार र प्रदेश सरकारको मात्रै मुख ताक्नु भन्दा स्थानीय सरकारले आफैंले गर्न सक्नुपर्ने तर्क राखे । त्यसैगरी ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले शिक्षा र दिवा खाजाको बारेमा अवलोकन भ्रमण गरिएको भन्दै सिन्धुपाल्चोकका स्थानीय तहहरुमा दिवा खाजा सम्बन्धी सिक्न लायकका धेरै कुराहरु भएको बताए ।
नुवाकोटले थालेको एसएमएस शिष्टम सुरु गरेर सकरात्मक सन्देश दिएको बताए । झण्डै २ घण्टा सम्म चलेको अन्तरक्रिया कार्यक्रको सहजीकरण तथा सञ्चालन शिक्षा शाखा प्रमुख विनेश श्रेष्ठले गरेका थिए । उक्त भ्रमण गराउने वातावरण भने विश्व खाद्य संंगठनले गरेको हो ।