महादेवश्वरी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिकसभा सम्पन्न

कार्तिक १५, पिस्कर । त्रिपुरासुन्दरी गाउँपालिका–पिस्करमा रहेको महादेवश्वरी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिकसभा सम्पन्न भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष भक्तध्जज बोहोरा

थामी जातिहरको बाहुल्यता रहेको पिस्करमा रहेको आफ्नै सहकारी भवनमा बुधबार भएको साधारणसभाको उदघाटन गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले व्यानर पढेर गरेका हुन् । कार्यक्रम उदघाटन पछिको मन्तव्यलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बोहोराले सहकारीलाई पिस्करका जनताले रूपान्तरण गर्न सफल भएको भन्दै प्रशंसा गरे ।

सहकारीले सम्मानित गरेका व्यक्तिहरु

पालिकाले पालिका भरीका सबै सहकारीलाई समान दृष्टिकोणले अवसरहरू प्रदान गरिने बताउँदै अध्यक्ष बोहोराले समाजलाई वित्तिए रूपमा सबल बनाउन सहकारीको भूमिका उलेख्य रहेको धारणा राखे । गाउँका सामन्य जनताले जन्माएका सहकारीले गरिब जनताकै लागि सदुपयोग गर्न पर्नेमा जोड दिंदै बोहोराले भने, ‘सहकारीबाट ऋण लिएर फजुल खर्च गर्नुभन्दा आर्थिक उपयोगी व्यवसाय गर्नुहोस, सरकारीबाट लिएको पैसा भोजभतेरमा खर्च नगर्नुहोस ।’

जनताले चाहे सहकारी मार्फत समाजलाई रूपान्तरण गर्न सकिने अध्यक्ष बोहोराले तर्क राखे । सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये स्वास्थ क्षेत्रमा त्रिपुरासुन्दरी गाउँपालिका पहिलो भएको उनले ठोकुवा गर्दै बोहोराले पालिकाले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरिने समेत बताए । किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण र अनुदान दिने उदघोष गरे । जब सम्म जनता आर्थिक रूपमा सम्पन्न हुँदैन त्यतिबेला सम्म अमुक पार्टीको ताली बजाउने साधन मात्रै बनिने भन्दै भ्रममा नपर्न आग्रह गरे । अहिले जनताले कुनै वाद नचाहेको बताउँदै अब जनताले विकासवाद मात्र चाहेकोे तर्क राखे ।

कार्यक्रममा वडा नम्बर ४ का टेकबहादुर गुभाजूले किसानले उत्पादन गरेको कृषि उपजलाई सहकारी मार्फत बजारीकरण गर्न स्थानीय सरकाले योजना बनाएको बताउँदै ४ नम्बर वडाबाट सहकारीलाई केही रकम सहयोग गर्ने बताए ।

त्यस्तै ३ नम्बर वडा अध्यक्ष शिवकुमार कार्कीले एक घर एक सहकारी सदस्य बनाउने सहकारीको अभियान सकरात्मक रहको बताए । सहकारीको माध्यामबाट विकास र समृद्धिको लागि रोजगारीको सिर्जना गर्न साना साना उद्योग सन्चालन गर्न पर्ने आवश्यकता औल्याउदै किसानले उत्पादन गरेको कृषि उपजलाई स्थानीय सरकारले बजारीकरण गर्न आग्रह गरे । उत्पादन र रोजगारी दिने कार्यक्रम सहकारीले ल्याउन सुझाब दिए । त्यस्तै हातेमालो संघ कार्यक्रम संयोजक नवराज सुवेदीले शेयर सदस्यलाई १२ प्रतिशत शेयर बोनस दिने महादेवश्वरी बचत तथा ऋण सहकारी संस्था रहेकोमा धन्यवाद दिए । सहकारीलाई अभिभावकत्व ग्रहण गर्न स्थानीय सरकारले खासै चासो नदिएको कारण सहकारीले सोचेको जस्तो उपलब्धी हाँसिल गर्न नसकेको बताए ।

कार्यक्रमका सभापति तथा सहकारीका अध्यक्ष मानकुमार थामीले सहकारीमा आवद्द सदस्यहरूको लागि साधारणसभा चाड भन्दा ठूलो उत्सव भएको बताए । यसको कार्यक्षेत्र त्रिपुरारासुन्दरी गाउँपालिका भरी बनाउने योजना रहेको सुनाए ।

सहकारीको बार्षिक प्रतिवेदन स्वागत थामीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष निरा राउतले गरेकी थिईन । संस्थाले आगमी बर्ष कर्जा बीमा, साना उद्योग सञ्चालन, रासायनिक मल खरिद बिक्री, सहकारीको सेवा केन्द्र बिस्तार तथा शेयर सदस्यहरुलाई सहकारी शिक्षा, क्षमता विकास तालिम लगाएत कार्यक्रम रहेको सचिव स्वागत थामीले जानकारी दिए । ६ सय ८२ शेयर सदस्य रहेको उक्त सहकारीको शेयर पूँजी ३३ लाख ९९ हजार रहेकोमा आगमी वर्ष ४० लाख पु¥याउने लक्ष्य रहेको कोषाध्यक्ष निरा राउतले बताईन । उनका अनुसार सहकारीको बचत तर्फ एककरोड ७० लाख ५ हजार ७ सय १० रहेकोमा यो आर्थिक वर्षमा दुई करोड पु¥याउने सहकारीले लक्ष्य राखेको छ । गत आर्थिक वर्ष ९ लाख आम्दानी गर्न सफल भएको सहकारीको २ करोड २ लाख ५२ हजार ३६ रुपैंया लगानी गरेको कोषाध्यक्ष राउतले बताईन ।

यसैबीच सोही साधारण सभाको अवसरमा सहकारीले १२ जनालाई विविध शिर्षकममा सम्मान समेत गरेको छ । कार्यक्रमको सञ्चालन सूर्य पौडेलले गरेका थिए ।