६८ औं प्रहरी दिवस ः सिन्धुपाल्चोकमा २२ उत्कृष्ट प्रहरी सम्मानित
चौतारा, ३० असोज । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले ६८ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको छ । अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गराउन महत्वपूर्ण भुमिका खलेको भन्दै २२ जनालाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा प्रहरी नायव उपरीक्षक निरञ्जन भट्राई, प्रहरी निरीक्षक कमल बिष्ट, प्रहरी निरीक्षक राजेन्द्र थापामगर, प्रहरी सहायक निरीक्षक धन बहादुर कार्की, प्रहरी सहायक निरीक्षक हरीशरण बस्नेत, प्रहरी सहायक निरीक्षक धन नारायण श्रेष्ठ, प्रहरी बरिष्ट हवल्दार दुर्गा बहादुर योञ्जन, प्रहरी हवल्दार भुपेन्द्र केसी, प्रहरी हवल्दार बासुजंग रायमाझी, रमेश भारती, भिमसेन थापा, प्रहरी सहायक हबल्दार बिनोद खड्का, नबराज भुर्तेल, प्रमोद तामाङ, रिम बहादुर घले, प्रहरी जवान गन्दिप बहादुर कार्की, दिनेश रोक्का, सुस्मिता सापकोटा, अर्जुन कुमार वली, महेश कुमार दनुवार, रिता घिमिरे र प्रहरी कार्यालय सहयोगी भुपेन्द्र बहादुर कार्की रहेका छन् ।
दिवसकै अवसर पारेर जिल्लामा आयोजित ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई प्रहरी प्रमुख बालनरसिंह राणाले नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । साथै सहिद प्रहरी परिवार, पुर्व प्रहरीलाई नगद सहित सम्मान समेत गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भूमीका निर्वाह गरिरहेको बताए । दशैमा नागारिकको आवाजजावात अत्याधिक हुनेभएकाले यात्रुको यात्रा सुरक्षा र चोरी, डकैती जस्ता घटना हुन नदिन प्रहरीलाई सजग हुन समेत न्यौपानेले आग्रह गरे ।
यस्तै उपप्रमुख सिता थापाले सिन्धुपाल्चोक प्रहरीले गरेको रचनात्मक कार्यको प्रशांस गरिन । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ, पत्रकार माहासंघका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ लगाएतले शुभकामना दिएका थिए ।
कार्यक्रमलाई समापन गदै प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बाल नरसिंह राणाले नेपाल प्रहरीको सत्य, सेवा सुरक्षणम्को मुल सङ्कल्प नीति सदैव गरिरहने प्रतिवद्वता जनाए ।
नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता जनाए । यसअघि जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले प्रहरी दिवसको अवसर पारेर सुरक्षा चुनौती विषयमा टेलिभिजनमा टक सो कार्यक्रम, विभिन्न सार्वजनिक स्थान मठमन्दिरहरुमा सरसफाई कार्यक्रम, र बिभिन्न खेल प्रतियोगिता गरेको थियो ।
प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गरेका थिए । कर्तव्य पालनाका शिलसिलामा प्राणको आहुति दिने अमर प्रहरीहरुका त्याग र वलिदानलाई सम्मान गर्दै अमर प्रहरी स्मारकमा पुष्पाञ्जली सहित सलामी अर्पण गरिएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, नगर उपप्रमुख सिता थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुदिप अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पुरस्कार वितरण, सम्मान तथा वडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भव्यताका साथ मनाएको हो ।