
मोडल विद्यालयलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’

दिनेश दुलाल
असोज १८, ईचोक । हेलम्बु गाउँपालिका–६ मा रहेको मोडल विद्यालयलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’ निर्माण गरिएको छ ।
गाउँपालिकाद्वारा घोप्टेघ्याङमा दुईवर्ष अघि मात्र निर्माण गरिएको मोडल विद्यालयमा जनझनको क्षति हुन नदिन ‘अर्थिङ टावर’ निर्माण गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । ‘यहाँ चट्याङको उच्च जोखिम रहेकाले विद्यालयमा हुने जनधनको सुरक्षा गर्न अर्थिङ टावर निर्माण गरेका छौँ’, पालिका अध्यक्ष शेर्पाले भने । उनका अनुसार ‘अर्थिङ टावर’ को पहिलो प्राथमिकता विद्यालयका बालबालिका बस्ने छात्रबास तथा शिक्षक आवासलाई लक्षित गरिएको छ । वर्षा याममा चट्याङ नियमित पर्न थालेपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेनले यो जुक्ति अपनाएका थिए ।
अर्थिङ टावरको काम विज्ञहरु झिकाएर बनाईएको थियो । त्यसपछि नासाबाट समेत वैज्ञिनिक तथा भू–गर्वविधहरु झिकाईएको थियो । त्यस ठाउँमा चट्याङ पर्नुको कारण प्रभावको बारेमा उनीहरुले अनुसन्धान गरिरहेको शेर्पाले बताए । हाल राखिएको ‘अर्थिङ टावर’ कम क्षमताको भएकोले बढी क्षमताको ‘अर्थिङ टावर’ राख्न विज्ञहरुले सुझाएको उनले बताए । त्याहाँ राखिएको अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पु¥याएर नष्ट गरिदिने भएकाले छात्रबासमा अर्थिङ टावर राखिएको उनको भनाइ छ । विद्यालयमा समेत बढी क्षमता भएको टावर राखिने योजना रहेको उनले सुनाए ।
तीस फिट अग्लो फलामे पाइपमा तामाको ‘एन्टिना’ राखेर भुइँमा चार फिट गाडेर उक्त टावर निर्माण भएको बताइएको छ । उक्त एन्टिनाबाट तामाको तार लगेर नुन र कोइलासँगै गाडिएको तामाको पातामा जोडेर अर्थिङ गरिएको छ । अर्थिङ टावर निर्माणका लागि हेलम्बु गाउँपालिकाले नै खर्च गरेको हो । उक्त टावर निर्माणले चट्याङबाट हुन सक्ने क्षतिबाट केही सुरक्षित महसुस गरेको शिक्षकहरु बताउँछन् ।
‘टावर निर्माण गरेसँगै छात्रबास तथा शिक्षक आवास लगाएत वरपर भौतिक संरचना चट्याङबाट सुरक्षित बनेका छन्,’ चन्द्रबहादुर बमले भने । केही महिना अघि मात्र चट्याङले विद्यालय भवनमा थोरै क्षति पु¥याउनुको साथै बत्ती समेत अवरुद्व भएको उनको भनाई छ । विद्यालयमा बत्ति नभएपछि कम्युटरको काम गर्न तथा छात्रबासमा रहने विद्यार्थीहरुलाई पढ्न समस्या भएको सोही विद्यालयमा अध्यानरत छात्रा डोलमा शेर्पा बताउँछिन ।
हेलम्बुमा सिभिल ईन्जिनियरिङको पढाई भईरहेको छ । विद्यालयका शिक्षक चन्द्रबहादुर बमका अनुसार १० कक्षा सम्म सञ्चालित १ सय ७० जना विद्यार्थी अध्यानरत छन् । उक्त विद्यालयलाई कक्षा १२ यसवर्ष देखि सुरुवात गर्ने तयारी हेलम्बु गाउँपालिकाले बनाएको छ । त्याहाँ ९ देखि ईन्जिेनियरिङ पढाई सुरु भएको हो । अहिले नुवाकोटको दुप्चेश्वरबाट समेत पढ्न आउँछन् । देउराली आवि र ज्याम्ह्याङ आवि गाभेर मोडेल विद्यालय निर्माण गरिएको हो ।