मेलम्ची बाढीले चनौटे–ईचोक सडक अवरुद्व

असोज १७, किउल । गए रातिको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चनौटे– इचोक सडक पुनः अवरुद्व भएको छ । पाँचदिन लगाएर निर्माण गरिएको उक्त सडक गएरातिको बाढीले बगाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेज शेर्पाले जानकारी दिए । उनका अनुसार उक्त सडकलाई गाउँपालिकाले स्काभेटर प्रयोग गरेर खोलाका ढुङ्गा, वालुवा र माटो समेत थुपारेर अस्थायी सडक बनाईएको थियो । तर गएरातीको अविरल बाढीले सडक बनाउन थुपारेको ढुङ्गा वालुवा तथा माटोले बनेको सडक बगाएको हो ।

बाढीले सडक बगाउँदा ईचोक, घोप्टेघ्याङ लगाएत क्षेत्रमा यातायात तथा मानव आवतजावत गर्न मुश्किल भएको छ । सडकको कारण त्यस आसपासका जनता अपरझट विरामी पर्दा समेत एम्बुलेन्स लगाएत सवारी साधानबाट अस्पताल लैजान मुश्किल भएको अध्यक्ष शेर्पाले बताए । तर पानी हटेसंगै केही दिनमै सडक सुचारु गरिछाड्ने अध्यक्ष शेर्पाले ठोकुवा गरे ।

यसैबीच लगातारको बर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पु¥याएको छ । बाढीले केहि दिन अघि मात्र मेलम्ची नगरपालिका ११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पु¥याएको हो । क्षतिको अवलोकन गर्दै नगरप्रमुख आइतमान तामाङले नदिको बहाब घटेपछि पुल मर्मतको काम गरिने बताए । मौषमको अनुकुलता हेरेर तत्काल निर्णय लिइने जानकारी दिए ।
पुलमा क्षति पु¥याएपछि मेलम्ची नगरपालिकाका ७ र ८ हेलम्बु गाँउपालिकाको २ र ३ तथा पाँचपोखरीका १ र २ वडाका नागरिक प्रभावित भएका छन् । बर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए ।