चौतारा साँगाचोकगढी नगरपालिकाको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री फेला

निर्मल बस्नेत
(२०८० असोज १६), चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका गरेको छड्के अनुगमनमा म्याद गुज्रिएका सामाग्री फेला पारिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा हुँदै मोटारसाईकलमा गाउँगाउँमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ सिरानचौरको एक पसलमा बिक्रि गर्दै गरेको म्याद गुज्रिएको चाउचाउ, चकलेट, सुर्तिजन्य पदार्थ अनुगमन टोलीले जफत गरेको नगरपालिकाले जनाएको छ ।


मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका बजार अनुगमन समितिले नगरपालिकाको वडा नम्बर ९ जीतपुर, सिरानचौर, कदमबास, भैसे र बलेफी बजारको बिभिन्न स्थानमा छड्के अनुगमन गरेको हो ।

नगर उपप्रमुख सीता थापाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, जनप्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियोे । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि ११ वटाको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा फेला पारएिको म्याद गुज्रिएको सामग्रीहरु स्थानीयले देख्नेगरि नष्ट गरिएको र केही सामग्रीहरु जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए ।

उनका अनुसार बजार अनुगमनको क्रममा अरनिको राजमार्ग बलेफी र भैँसे सडकखण्डको बस्तीसंगैको बंगुर फर्मको पनि अनुगमन गरिएको छ । बंगुर फर्मको दुर्गन्धले स्थानीयले नगरपालिकामा पटकपटक उजुरी गरेकोले उक्त बंगुर १ महिनाभित्र हटाउन निर्देशन दिएको छ । बंगुर हटाउनको लागि बंगुर पालकले पनि सहमती जनाएका छन् ।

अनुगमनमा खटीएका नगरका योजना अधिकृत दुर्गाप्रसाद ढुंगेलले नेपालीहरुको बिशेष पर्व दशै र तिहारमा बढी सामग्रीहरु खपद हुने हुँदा अखाद्य बस्तु र म्याद गुज्रिएका बस्तुहरु बिक्रि वितरण नहोस् भन्ने हेतुले अनुगमन गरिएको बताए ।

अनुगमनको क्रममा अनुगमन समितिका संयोजक नगर उपप्रमुख सीता थापाले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता÷ नविकरण गर्न, मदिरा व्यवसायीलाई ईजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । उनले नगरको सबै बजार क्षेत्रमा अनुगमनलाई प्रभावकारी रुपले नियमित गरिने समेत बताइन् ।