
एमाले बागमति प्रदेश अधिवेशन : सिन्धुपाल्चाेकबाट १३ जना सर्वसहमत निर्वाचित

असाेज १२, काठमाडौ । नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट १३ जना सर्बसहमत निर्वाचित भएका छन् ।
पदाधिकारी देखि प्रदेश कमिटी सदस्य सम्म निर्वाचन हुने तयारीमा रहेपनि पदाधिकारी बाहेक ५ जिल्लाकाे सर्वसहमत टुंगिएको साे पार्टीले जनाएकाे छ ।
जसमा सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली, मकानपुर र काठमाडौं सर्वसहमत चुनिएका हुन् । बाँकी जिल्ला र पदाधिकारीमा भने अहिले निर्वाचन भईरहेकाे छ ।
यस्ताे छ सिन्धुपाल्चोकमा निर्वाचित सदस्यहरू
क्षेत्र न. १
-टपिन्द्र प्रसाद तिमिल्सिना
-निम्फुन्जो शेर्पा
-हेमगगा मोक्तान
क्षेत्र न. -२
-इन्द्र नेपाल
-देविन्द्र बहादुर खत्री
-डोल्मा तामाङ
सिन्धुपाल्चोक खुला
-झम्कनाथ नेपाल
-बालकृष्ण देउजा
-विदुर भारती
दलित
-रामबहादुर सुनुवार
युवा
-आङछिरिङ शेर्पा
महिला
-उमा प्रधान
-बालकुमारी सापकोटा