सवारी दुर्घटनामा विद्यार्थी २ नेताकाे निधन

भदाै ३०, सुकुटे । सवारी दुर्घटनामा सिन्धुपाल्चाेक जिल्लाका अनेरास्ववियुका दुई नेताकाे निधन भएकाे । अनेरास्ववियुका सिन्धुपाल्चोकका सह संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ बलेफिमा भएकाे वाइक दुर्घटनामा परी निधन भएको अनेरास्ववियुले जानकारी दिएकाे छ । संगठनकाे कामकाे शिलामा बाह्रबिसे जाँदै गर्दा उनीहरू दुर्घटनामा परेेका हुन् ।

अाज १३:२० बजेको समयमा चौतारा साँगाचोकगढी न.पा. ९ घुमाउने डाँडा स्थित अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना.८ ख ३७६ नं.को पेट्रोल बोक्ने ट्याङकरले बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०२-०३१ प ५९७६ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक दुवैकाे उपचारका क्रममा निधन भएकाेे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ । मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गा.पा. १ बासखर्क बस्ने बर्ष २७ का समिर तामाङ र मोटरसाईकल पछाडी सवार मेलम्ची न.पा. ११ जरायोटार पाण्डेगाँउ बस्ने बर्ष २७ का नबिन पाण्डे रहेका हुन् । गम्भिर घाईते भई तत्काल उद्धार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पठाईएकोमा उपचारको क्रममा ऐ.१५:०० बजेको समयमा सोही अस्पतालमा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक संजिव कुमार यादवले जानकारी दिए ।

ठक्कर दिने ट्याङकर र चालक जिल्ला मकवानपुर थाहा न.पा.१२ बस्ने बर्ष २८ को भिम बहादुर तितुङ हाल यस कार्यालयको नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेकाे प्रहरीकाे भनाई छ ।