५ नम्बर वडा कार्यालयद्वारा नागरिक सहायता कक्ष र प्रतिक्षालय निमार्ण

भदाै २८, चाैतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ५ ले जिल्ला सदरमुकाम चौताराको बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा आएको छ ।

वडा न ५ ले निर्माण गरेको प्रतिक्षालय र नागरिकता सहायता कक्षको बुधबार नगरकी उपप्रमुख सीता थापाले उदघाटन गरेकि थिईन । निमार्ण सम्पन्न भएसंगै प्रतिक्षालय र सहायता कक्षको औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

उदघाटन पछिकाे कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सीता थापाले नगर विभिन्न क्षेत्रभित्र सहायता कक्षको आवश्यकता रहेकोले नगरपालिकाले यस्तो संरचना निर्माणमा सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाईन । सहायता कक्षबाट सहज र सुलभ ढंगबाट स्थानीय र आगन्तुकहरुलाई सहायता प्रवाह हुनेमा उनकाे ठम्याई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले भौतिक संरचना निर्माणमा स्थानीय सरकारले प्राथमिकता दिंदै आए पनि नागरिक सुरक्षाको सवाललाई कम चासो दिएको बताउँदै नागरिक सुरक्षा र सहायताका लागि सञ्चालनमा आएको सहायता कक्ष सकारात्म रहेको टिप्पणी गरे ।

एसपी बाल नरसिंह राणले सहायता कक्षा पाइलट प्रोजेक्टको रुपमा अगाडी बढाएको र प्रभावकारी भएको खण्डमा अरु ठाउँमा पनि विस्तार गर्नपर्ने अाैल्याए ।

कार्यक्रममा वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, पत्रकारमाहासंघ सिन्धु शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ लगाएतले मनतव्य राखेका थिए ।
वडा अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा वडा सदस्य रामबहादुर घलेले स्वागत र ग सचिव हरि क्षेत्रीले संचालन गरेका थिए ।

अध्यक्ष श्रेष्ठले साेही कार्यक्रममा एसपी रानालाई नागरिक सहायता कक्षको चावी हस्तान्तरण गरेका हुन् ।
प्रतिक्षालय र नागरिक सहायता कक्षामा एकातिर यात्रुहरुले प्रतिक्षालयको उपभोग गर्नेछन् भने अर्कातिर २४ घण्टा प्रहरीले त्यहाँबाट आवश्यक शान्तिसुरक्षासँगै अन्य सहयोग सर्वसाधरणलाई प्रदान गर्नेछ ।