मेलम्ची नगरपालिकाद्धारा पाँचपोखरी र हेलम्बुलाई आर्थिक सहयोग

भदौ २८, मेलम्ची । जिल्लाको मेलम्ची नगरपालिकाले छिमेकी दुई गाउँपालिकालाई १० लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ ।
बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको हो ।

गत भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १० ÷१० लाख सहयोग गर्ने निर्णय गरेको थियो । छिमेकी पालिकाहरुमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए ।

१० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगको लागी धन्यवाद दिए । मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्ततु भएको भन्दै यसले गाउँपालिकालाई ठुलो सहयोग भएको बताए । बाढी ग्रस्त तिनै पालिका मिलेर सघं र प्रदेश सरकारलाई झकझकाउनु पर्ने समेत उनले सुझाब दिए । रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरुः चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।