टुकीसंघ सुनकोशीको ३१ औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण सम्पन्न

भदौ २५, थुम्पाखर (सिन्धुपाल्चोक) । टुकीसंघ सुनकोशीको ३१ औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
३२ औं वर्ष प्रवेश गरेको टुकी संघले ९ किलोमा रहेको आफ्नै भवनमा मंगलबार ३१ औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण गरेको हो । साधारणसभा कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेतले कार्यक्रमको उदघाटन गरेका थिए ।

वडाअध्यक्ष बस्नेतले टुकी संघले सामाजिक विकासको क्षेत्रमा औलामा गन्न सक्ने अब्बल संस्थाले काम गरेको बताए । सामािजक संघसंस्था र सहकारी कसरी सहकार्य गर्न सकिन्छ त्यता तिर लाग्न आवश्यक रहेको औंल्याउदै उनले संस्थामा कुरा काट्ने प्रवृतिहरू अन्त्य गर्न संघ संस्थाले अभियान चलाउने पर्ने धारणाा राखे । संस्थाले आफ्नो आफ्नो ढंगले सिर्ननात्मक काम गर्नुपर्ने बताए । निरन्तर मूल्यांकन प्रणालीको निरन्तरता आवश्यक रहेको बताए ।

संघका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र कुमार भण्डारीले ६ वटा वडामा मात्र खुम्चिएको संघलाई विस्तार गरिने बताए । ४ सय ८४ साधारण सदस्य संख्या रहेको टुकीले वार्षिक साधारणसभा सहित सामाजिक परिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको संघका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद पौडेलले जानकारी दिए । संस्थाले आफ्नो २८ औं वार्षिक साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको छ ।

संघका सचिव सविना लामाद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा संघले गत वर्ष कार्यान्वयन गरेका सामुदायिक विकास तथा संस्थागत विकास कार्यक्रम लगाएत लक्षित महिला, बालबालिका, अपाङग भएका संकटाशन्न व्यक्तिहरु, कृषक, युवा, विपद् प्रभावित घरपरिवार, र विपन्न वर्गको उथननका लागि स्थानीय सरकार र सम्बन्धीत सरोकारवालाहरुसंग सहकार्य गर्दै आजको अवस्थासम्म आइपुगेको उल्लेख छ । संघले संस्थगत विकासका लागि संस्थागत टुकी प्रर्दशनी एवम राष्ट्रपतिसंग टुकीको साक्षत्कार कार्यक्रम निकै उत्कृष्ट रहेको प्रतिवेदनमा उल्लेख छ ।

बृहत टुकी प्रर्दशन कार्यक्रम तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा चरिकोटमा २०७९ सल चैत्र १८ गते गरेको थियो । त्यस्तै संघले संस्थागत समन्वय, संस्थागत भौति संरचना निर्माण एवम मर्मत, जाइका नेपालसंग सामुदायिक उत्थानशिल (पुर्नलाभ) परियोजना लगाएत महत्वपूर्ण कार्यहरु गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । संघको सामाजिक परिक्षण कार्यक्रम पत्रकार ज्ञानेन्द्र तिमिल्सिनाले गरेका थिए ।

जिल्लाका स्थानीय तहहरुमा समुदायहरुमा आयआर्जन लगाएत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको टुकी संघ सुनकोशी सिन्धुपाल्चोक जिल्लाको पुरानो गैरसरकारी संस्था हो ।