झिर्पु माविलाई सिगात्से विदेश विभाग प्रमुखद्वारा शैक्षिक सामाग्री प्रदान

भदौ २४ (२०८०), तातोपानी । उत्तरी नाका सिमानामा रहेको झिर्पु माध्यामिक विद्यालयलाई छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बत अन्र्तगत सिगात्सेका विदेश विभाग प्रमुखले शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।

सिगात्से विदेश विभाग प्रमुख मिस्टर छेतेनद्वारा विद्यालयलाई हस्तान्तरण गरिएको शैक्षिक सामग्री बुझ्दै विद्यालय विव्यस अध्यक्ष शेर्पा, स्थानीय जनप्रतिनिधि र शिक्षक लगाएत टोली

भोटेकोशी गाउँपालिका अन्र्तगत झिर्पु माविलाई शुक्रबार मितेरी पुलस्मम अाएर सिगात्सेका विदेश विभाग प्रमुखले टेबुल कुर्सी २२० थान, बास्केट बल, ब्याडमिन्टन, लगाएत खेलकुदका सामाग्री हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । त्यस्तै भेटमा विदेश विभाग प्रमुखले चाईना भाषा पढाउने पाठ्यपुस्तक समेत हस्तान्तरण गरेका थिए । विदेश विभाग प्रमुखले झिर्पु माध्यामिक विद्यालयलाई आगमी दिनमा विभिन्न सहयोगहरु निरन्तर रहने बचन दिएको विव्यस अध्यक्ष शेर्पाको भनाई छ । पहिलो चरण झिर्पुमा शैक्षिक सामाग्री दिएका विदेश विभाग प्रमुख छितेनले अागमी दिनमा उक्त विद्यालयकाे अवलोकन भ्रमण गर्ने वचन दिएकाे शेर्पाले बताए । विदेश प्रमुखले उक्त विद्यालयले चाईनिज भाषा पढाउन सुरु गरिएको प्रति खुशी व्यक्त गर्दै सिमाबासीलाई राम्रो शिक्षा दिन सुझाब दिएको विद्यालयका प्रध्यानध्यापक टंक पन्थले बताए ।

स्मरण रहोस चिनियाँ भाषा पढाउने झिर्पु मावि सिन्धुपाल्चोक पहिलो विद्यालय बनेको छ । सोवर्स एक्सन हङकङ र सोवर्स एक्सन नेपालको आर्थिक सहयोगमा झिर्पु माविमा चाईनिज भाषाको पढाई निरन्तर छ । सोही संस्थाले ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क दिवा खाजाको व्यवस्था समेत गरेको छ । झिर्पु माविबाट चाइना भाषा कक्षा सुरुवात गरेर छिमेकी मुलक चिनसंग भाषा सम्बन्धलाई विस्तार गर्ने उद्देश्यका साथ भिर्पु माविबाट सुकाउन थालिएको भाषाले चीनसंग जोडिएको उत्तरी नाका तातोपानी नाकाको व्यापार सम्बन्ध, साँस्कृतिक लगाएत सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ ।