प्रभावकारी बन्यो लिसंखुपाखरको घुम्ती शिविर, १३६ ले लिए सेवा
भदौ २२ (२०८०), अत्तरपुर । जिल्लाको लिसंखुपाखर गाउँपालिकाले सञ्चालन गरेको सेवा प्रवाह घुम्ती शिविरबाट नागरिकहरु लाभान्वित भएका छन् । पालिकाले प्रत्येक वडामा नै सेवा प्रवाह गर्ने उद्धेश्यका साथ बिहिबारबाट घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजु लामादे जानकारी दिए । उक्त सेवा आर्थिक वर्ष सुरु हुनसाथ थालिएको उक्त घुम्ती शिविरबाट प्रत्येक वडाका नागरिकहरु लाभान्तिव हुने अध्यक्ष लामाको भनाई छ ।
बिहिबार गाउँपालिकाको वडा न.७ पाखरबाट सुरु भएको घुम्ति शिविरबाट १३६ ले सेवा लिएको गाउँपालिकाकी उपाध्यक्ष मिठूदेवीले सिन्धुज्वालालाई जानकारी दिईन । उनका अनुसार उक्त घुम्ति शिविरमा भएको स्वास्थ्य परीक्षणमा ५९ जना, नागरिक आरोग्य मार्फतः ४७ जना, व्यवसाय इजाजतः २ वटा, व्यवसाय प्रतिलिपी ः २ वटा रहेका छन् । यसैगरी योजना सम्झोता तथा अनुशिक्षणः ८ वटा, माटो परीक्षण ः १४ वटा, बाली किरा रोग ः ४ गरी जम्मा १३६ ले सेवा लिएको हो ।
आज भएको घुम्ति शिविरमा पालीका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत सहित सम्पूर्ण शाखाका कर्मचारी सहभागी रहेका थिए । प्रत्येक वडा कार्यलयमा गई १÷१ दिन पालिकाको सम्पूर्ण सेवा वडा कार्यलयमै दिने योजना रहेको गाउँपालिकाले जनाएको छ । घुम्तिसेवा कार्यक्रम बिहिबार वडा न ७ पाखरबाट सुरु भई शुक्रबार वडा न ६, शनिबार वडा न ५ हुदै क्रमशः वडा न १ सम्म संचालन हुनेछ । पहिलो दिनको घुम्तीशिविर कार्यक्रम पालिका प्रमुख राजु लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाको अनुसार प्रत्येक वडाका जनातको सामान्य स्वास्थ्य परीक्षण, महिलाहरुको पाठेघर सम्बन्धी जाँच, मधुमेह परीक्षण, मलेरिया परीक्षण तथा आँखाको परीक्षण लगाएत हुने छ ।
प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठका अनुसार शिविरमा अपाङ्गता परिचय–पत्र, माटो परीक्षण, सामाजिक सुरक्षा भत्ता नविकरण तथा व्यक्तिगत विवरण अध्यावधिक, पशुपन्छीहरुको उपचार लगाएतको परिक्षण गरिने छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये लिसंखुपाखरले थालेको घुम्तीशिविर पहिलो हो ।