‘अंग्रेजी भाषा जान्दैमा गुणस्तरीय शिक्षा भयो भन्न मिल्दैन’–मन्त्री दुलाल

दिनेश दुलाल
भदौ १९, (२०८०) सिपापोखरे । बागमति प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विद्यार्थीले अंग्रेजी भाषा बोल्न जान्दैमा विद्यालयले गुणस्तरीय शिक्षा हाँसिल गरेको नठहरिने बताएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालद्वारा विद्यालयको ६१ औं वार्षिक उत्सव कार्यक्रमको उदघाटन गरिदैं

राजेश्वरी माध्यमिक विद्यालयको ६१ औ बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले अंग्रेजी भाषा विश्वकाे साझा भाषा र माध्याम मात्र भएकाे तर्क राखे । वार्षिक उत्सव कार्यक्रमको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्र्दै मन्त्री दुलालले विद्यार्थीले देश बनाउने शिक्षा सिक्न आवश्यक रहेको औंल्याउँदै भने, ‘अंग्रेजी भाषा सिक्दैमा गुणस्तरीय शिक्षा हुँदैन, आफ्नो मौलिकता हुनुपर्छ ।’ ‘औपचारिक पाठ्यपुस्तकले भन्दा व्यवहारिक ज्ञान आवश्यक छ’, उनले थपे । विद्यार्थीको लागि सिकाई, सीप र साहस वा आत्म विश्वास बढाउने यी तीन तत्व आवश्यकता रहेको तर्क राख्दै मन्त्री दुलालले बालबालिकाको सोचाई बिहंगम र बृहत् रूपमा सोच्न सक्ने बनाउने नै गुणस्तरीय शिक्षा रहेको ठोकुवा गरे ।

पुराना पुस्ताका बा–आमाले नपढेको भएपनि जीवनव्यवहार चलाउने राम्रो ज्ञान भएको तर्क राख्दै उनले अबका पुस्ताले अथक मिहिनेत र परिश्रम गर्ने खालको संस्कार सक्नुपर्नेमा जोड दिए । पछिल्लो पटक ग्रामिण भेगबाट समेत विद्यार्थी विदेश जाने लर्को बढेको प्रति चासो भईरहेको प्रति मन्त्री दुलालले रोजगारीको लागि मात्र विद्यार्थी विदेश नगएको भई प्रतिश्पर्धाको लागि गएको बताउँदै यस प्रति धेरै चिन्ता नलिन उनले सुझाए ।

विद्यालयको ६१ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका अध्यक्ष झम्कनाथ नेपाल

कार्यक्रममा एक विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको गीति नाटकले अहिलेको देशको जल्दोबल्दो अवस्थथाको चित्रण गरिएको भन्दै उनले प्रसंशा व्यक्त गरे ।

राजेश्वरीको शैक्षिक प्रगतिको लागि आफूले सकेको सहयोग गरिने प्रतिवद्वता जनाउँदै उनले आगमी बर्ष कभर्ड हल निमार्णमा बजेटको व्यवस्था गरिदिने बचन दिए । क्याम्पसहरूलाई समेत चालू खर्चबाट नै रकम पठाउने जानकारी दिए । स्थानीयले उठाएको सडकको सन्दर्भ जोड्दै मन्त्री दुलालले ज्यामिरेमाने हुँदै भिमटार जोडिने सडक तत्काल कालोपत्रे गरिने आश्वासन दिए । ईन्द्रावतीका २४ वडालाई जोड्ने गरि कालोपत्रे गर्नेगरी योजना बनाएको सुनाउँदै मन्त्री दुलालले गाउँको लागि शिक्षा, स्वास्थ र कृषिको लागि प्राथिमता राखिने समेत बताए ।

ग्रामिण भेगको विकासको लागि सहकार्य आवश्यकता औल्याउदै राजनैतिक रूपमा सहकार्य, समन्वय र राजनैतिक संस्कार आवश्यक रहेको मन्त्री दुलालको भनाई छ । भ्रष्टचारका फाईल क्रमशः खोलिनाले देशमा अहिले सुशासनको लहर आएको दावी गर्दै मन्त्री दुलालले जनताका जवाफ दिनेगरी जनप्रतिनिधिले काम गरेर सुशासन कायम गर्न सकेमा देशको समृद्धि र विकासले गति लिने बताए ।

कार्यक्रमका विशेष अतिथि रहेका ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले शिक्षाको विकास बिना समाजको अरू विकास सम्भव नभएको धारणा राख्दै बोलेका कुरा ब्यवहारमा रूपान्तरण गर्न आवश्यक रहेको औंल्याए ।

वार्षिक उत्सव कार्यक्रममा साँस्कृतिक कार्यक्रममा उत्कृष्ट हाँसिल गर्न सफल भिमेश्वरी माध्यामिक विद्यालयका विद्यार्थी

गाउँपालिकाले समग्र विकासको एकतिहाई बजेट शिक्षामा लगानी गरेको दावी पेश गर्दै अध्यक्ष नेपालले शैक्षिक समृद्धि बिना समाजको रूपान्तरण नहुने तर्क राखे । ईन्द्रावती गाउँपालिकाको शिकाई उपलब्धि ४७ प्रतिशत मात्र रहेकोमा चिन्ता व्यक्त गर्दै उनले ४३ विद्यालयका प्रअहरूलाई बोलाएर कार्यसम्पादन करार सम्झौता गर्न लागिएको जानकारी दिंदै उनले आगमी बर्ष ७० प्रतिशत शैक्षिक उपलब्धि हाँसिल गर्न आफूले निर्देशन दिएको बताए । पारदर्शिता, शुसान, र जवाफदेहिताको लागि १९ बुँदे योजना सार्वजिनक गरिएको समेत उनले बताए । १२ वटा पालिका मध्ये ईन्द्रावती गाउँपालिकालाई सबैभन्दा अब्बल बनाउने उदघोष गरे ।

कार्यक्रममा ७ नम्बर वडाअध्यक्ष रविन्द्र खाती, पालिका प्रवक्ता शशिनाथ आचार्य, ४ नम्बर वडा अध्यक्ष क्षेत्रबहादुर तामाङ, स्थानीय राजनैतिक दल, समाजसेवी लगाएतले विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई शुभकामना मन्तव्य दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर ढुङगानाको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन विद्यालयका प्रध्यानध्यापक माधव प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । विभिन्न विद्यालयहरुको साँस्कृतिक प्रस्तुती सहित भएको वार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान सम्मान समेत गरिएको विद्यालयले जनाएको छ । स्मरण रहोस वार्षिक उत्सव कार्यक्रमको अवसरमा गरिएको साँस्कृतिक प्रतियोगितामा भिमेश्वरी माध्यामिक विद्यालय प्रथम हुन सफल भएको थियो ।