ईन्द्रावतीमा करोडौं लगानीको तटबन्द धरापमा, हजारौ रोपनी खेतीयोग्य जमिन बाढीको जोखिममा

वडाअध्यक्ष भन्छन्–‘तटबन्ध निर्माण गर्दाको ४० लाख ऋणमा छौं’

भदौ १९, भिमटार । ईन्द्रावती गाउँपालिका १२ नम्बर वडा अध्यक्ष सुरेन्द्र दनुवार बिहान बेलुकै बगरमा पुगेका हुन्छन् । वडाअध्यक्ष दनुवार अरु कुनै कामले भने गएका होईनन । उनकै अगुवाईमा निर्माण गरिएको २ सय ६५ मिटर लामो तटबन्ध इन्द्रावती नदिले कटान ग¥योकी भन्ने चिन्ताले उनी पुगेका हुन् । उनलाई दिनरात त्यसैको चिन्ता छ ।

मेलम्ची बाढीले क्षतविक्षत भएको तटबन्ध उनी वडा अध्यक्ष भएपछि २०८९ मा उनकै अगुवाईमा निर्माण गरिएको उनले सुनाए । आफूले भिमटारका दनुवार समुदायको स्वामित्वमा रहेको हजारौं रोपनी क्षेत्रफल रहेको खेतीयोग्य जमिनलाई जोगाउने काम गरिएको उनले सुनाए । मेलम्ची बाढीले क्षतविक्षत बनाईरहेको नदिलाई पुरानै धारमा फर्काएर तटबन्ध बनाउने काम पालिकामा नयाँ संरचना भईसकेपछि निर्माण गरिएको हो । उनका अनुसार दुई करोड ६० लाख लगानीमा निर्माण गरिएको उक्त तटबन्ध संघीय सरकारको दुई करोड लगानी गरेको छ ।

त्यस्तै ईन्द्रावती गाउँपालिकाले २० लाख लगानी गरेको छ । बाँकी रहेको ४० लाख चाँही ऋणमा रहेको वडाअध्यक्ष दनुवारको भनाई छ । आफूले कामदार तथा ढुवानी ज्यालाको लागि ऋण सापटी गरेर खर्चेको उनी बताउँछन् । दुई वर्ष यता संघीय सरकार र प्रदेश सरकारले उक्त तटबन्ध निर्माणको लागि कतिपनि बजेट नछुट्याएको उनी बताउँछन् । लगाएको तटबन्ध बाढीले भत्काउन सुरु गरेको उनले बताए । उनका अनुसार उक्त तटबन्द बाढीले भत्काउन साथ दनुवार समुदायको हजारौं रोपनीको खेतीयोग्य जमिन बगरमा परिणत हुनेछ । संघीय र प्रदेश सरकारले कुनै सहयोग नगरे पहिलेको तटबन्द निर्माण गरेको करोडौं रका सबै खेर जाने उनको भनाई छ । गरिब दनुवार समुदायको गाँसबास उखेलिनी उनले चिन्ता प्रकट गरे ।

यस विषयमा स्थानीय तह देखी प्रदेश मन्त्री तथा सांसदलाई कुरा राखेपनि दनुवार जाति भएकै कारणले सुनुवाई नभएको उनको दावी छ । संघीय र प्रदेश सरकारले हजारौं रोपनी खेतीयोग्य जमिन रहेको भिमटारमा बजेट नहाल्दा आफू चकित परेको उनले सुनाए । वडा अध्यक्ष दनुवारको अगुवाईमा निर्माण गरिएको २ सय ६५ मिटर लामो तटबन्धले हजारौं रोपनी क्षेत्रफलमा त्याहाँका दनुवार समुदायले मकै तथा धान खेती लगाई रहेका छन् । उक्त फाँट १२ नम्बर वडाको गहना र ईन्द्रावती गाउँपालिकाकै तराईको फाँटको रुपमा रहेको उनको भनाई छ । खेतीयोग्य जमिन जोगाउने वडाअध्यक्ष दनुवारको सक्रियतालाई स्थानीयलले समेत साथ दिएका छन् ।