३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र, अन्तिम परिक्षामा छौँ – सापकोटा

निमैल बस्नेत
(५ भाद्र २०८०) चौतारा । जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण वैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रमा उपमहासचिव तथा बागमती प्रदेश ईन्चार्ज जनार्दन शर्मा

अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको हो । बैठकमा बोल्दै पार्टी केन्द्रिय उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले अहिले माओवादी केन्द्र अन्तिम परिक्षामा जुटिरहेको बताए ।
सापकोटाले माओबादी बिग्रदै जानुमा जनाताबाट कटेर सुखसयल र बिलासी जीवनमा रमाउदै जनताको सुखदुःखमा एकाग्रह हुन नसक्नुनै मूख्य कारण भएको तर्क गरे । उनले भने पार्टी कमजोर भयो भने देश कमजोर हुन्छ । पार्टी नेतृत्वकै नेतृत्वमा सरकार रहेको र पार्टीले नै उठाएको एजेण्डामा देश अघि बढिरहेकोले माओबादी बिकल्प नरहेको जिकिर गरे ।

त्यस्तै पार्टी उपमहासचिव एवं बागमती प्रदेश ईन्चार्ज जनार्दन शर्मा प्रभाकरले पार्टीलाई टु जि बाट फाइप जी भर्सनमा बदल्न बुझाई, व्यवहार र कार्यशैली बदलेर रुपाञ्तरण हुने अभियानमा जुटेको बताए । त्यसको लागि सबैले म बाट प्रकृयाको थालनी गर्छु भन्ने संकल्प गरेमात्र सम्भव रहेको नत्र बिलय र विर्जजनको बाटोमा जाने तर्क पेश गरे । उनले पहिले पहिले उपल्लो नेतृत्वले तानेर, काखी च्यापेर दिएको जिम्बेवारी र नेताहरुले काम नगरेकाले पार्टीको आम समितिहरुमा निर्वाचनको विधि अवलम्वन गर्ने पार्टीको निर्णय भएको कुरा बैठकमा सार्वजनिक गरे । शर्माले भने“ राजनीतिलाई पेशाको रुपमा हेर्ने र फाईदा बेफाईदाको पक्षमा उभिने हुँदा निस्वार्थ सेवाको रुपमा प्रयोग गर्दै जनतामा जोडिन सवैलाई आग्रह गरे ।

भर्खरै सम्पन्न केन्द्रिय समितिको बैठकबाट ३ महिने अभियान सञ्चालन गर्ने निर्णय भएपछि देशभरका सातै प्रदेशमा एकसाथ कार्यक्रम लिएर जनतामा जाने निधो गरेको थियो ।

यसैक्रममा पहिलो चरणमा ७ वटै प्रदेशको बैठक सकाएर जिल्ला स्तरको बैठकसम्म आईपुगेको छ । यहासम्म आईपुग्दा माओवादी केन्द्रले गाउँपालिका र नगगरपालिका सम्म कार्यक्षेत्र बनाई जनयुद्धकै झल्को आउने गरि अन्तर जिल्ला कार्यक्षेत्र बनाई कार्यबिभाजन गरेको छ । पार्टी केन्द्रले सोहीक्रममा केन्द्रिय समितिका सदस्यहरुलाई पालिकास्तरको नेतृत्व गर्न ३ महिने जिम्बेवारी प्रदान गरि खटाएकोे छ । प्रदेश समिति सदस्यहरुलाई लाई पनि अन्तरपालिकाको जिम्बेवारी दिएर पठाएको छ ।

अभियानको सम्पूर्ण जिम्वेबारी र कार्यक्षेत्र बाँडफाँडको सुचिसहितको परिपत्र पार्टी केन्द्रिय समिति सदस्य एवं सिन्धुपाल्चोक प्रतिनिधीसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको परिपत्रमा भाद्र १६ गते देशैभर एकसाथ सञ्चालन हुने ३ महिने अभियानको कार्यसुचि र काम कर्तव्य सहितको जिम्मेवारी समेटिएका छन् । यसरी सञ्चालन गर्ने अभियानको पूर्ववत अवस्थामा पालिका र वडासम्मको बैठक भाद्र १४ भित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरेका छन । अभियानमा फेरी आयो माओबादी भनी जनतासंग जोडिने जनश्रम, भेटघाट तथा अन्तरक्रिया र पार्टीको नेतृत्वमा सरकारले गरेको कामहरुको बारेमा प्रष्ट पार्दै जनविस्वास बटुल्नेसम्मको कार्यक्रम रहेको छ ।

पार्टी जिल्ला संयोजक गोविन्द पराजुलीको अध्यक्षता र जिल्ला सचिव उदन आलेमगरको सञ्चालनमा भएको बैठक केन्द्रिय समिति सदस्य, केन्द्रिय आयोगहरुका सदस्य, प्रदेश समिति सदस्य, प्रदेश परिषद् सदस्य, सल्लाहकार, जिल्ला सदस्य, जेष्ठ कम्म्युनिष्ट मञ्च, जनवर्गिय संगठन र मार्चा संगठनका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष, संंयोजकहरुको सहभागितामा चौतारामा रहेको जिल्ला पार्टी कार्यालयको सभाहलमा सम्पन्न भएको थियो ।