हेलम्बुलाई संघ र प्रदेशले ध्यान नदिएको पालिका अध्यक्ष शेर्पाको आरोप

भदौ १, (२०८०) किउल । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सघं, प्रदेश र मेलम्ची खानेपानीको कामप्रति असन्तुष्टि जनाएका छन् । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङग्रे बजारदेखि नै सडक सञ्जाल टुटेको र कतिपय बस्ति, सार्वजानिक संरचना, खेतियोग्य जमिन समेत उच्च जोखिम भएको अवस्थामा समेत सघं र प्रदेश सरकारले ब्यवास्ता गरेको अध्यक्ष शेर्पाले आरोप छ ।

मेलम्ची खोलाले कटान गरेको सडक हेलम्बु गाउँपालिकाको पहलमा स्काभेटर मार्फत खुलाउने प्रयास गरिदैं ।

सरकारको गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको भन्दै अध्यक्ष शेर्पाले आक्रोस पोखे । अहिले हेलम्बु गाउँपालिकाको अवस्था एकदमै चिन्ताजनक रहेको अवस्थामा समेत कुनैपनि सरकारले आधिकारिक धारणा नराख्नुले जनताप्रति सरकार गैह्रजिम्मेवार भएको पुष्टि भएको शेर्पाको दावी छ । हेलम्बु आन्तरिक स्रोत नभएको पालिका भएको त्यसमाथि यो बर्ष बजेट कटौति भएर आएको उनले सुनाए । ‘विपद् जहिलेपनि हेलम्बुमा क्षति पु¥र्याइरहेको अवस्थामा आएको बजेट विकासमा खर्च गरौं कि सडक बनाउन ?” अध्यक्ष शेर्पाले प्रश्न गर्दै भने । अहिले खानेपानी आयोजनाको काम बन्द भएपनि बेवास्ता गर्न नहुने भन्दै उनले फेरिपनि पानी लैजाने हो भने मेलम्ची देखि आयोजना स्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने उनको अडान छ ।

विपद्को समयमा कुनै पनि मन्त्री, सरोकारवाला निकाय फर्केर नआउने तर पछि पालिकाले सडक सञ्चालनमा ल्याएपछि पानी लैजानका लागि लर्को लगाएर जस लिन आउने गरेको उनले सुनाए । स्थानीय सरकार संघ, प्रदेश तथा खानेपानी आयोजनासंग समन्वय गर्न चाहेको तर माल्लिा सरकारले यस्तै ब्यबहार गरेमा आयोजनाको काममा रोक समेत लगाउने शेर्पाले चेतावनी दिए ।

हेलम्बु आसपासमा केही जटिल खालको विरामी भइहालेमा सडकका कारण अस्पताल सम्म पु¥याउन सक्ने अवस्था नभएको सुनाउँदै उनले यो समस्या स्थानीय सरकारले मात्र केहि गर्न नसक्ने अध्यक्ष शेर्पाको भनाई छ । शेर्पाका अनुसार अहिले पाटिभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको जानकारी दिए । बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको शेर्पाले बताए । उनका अनुसार काठमाडौँबाट हेलम्बु जान वैकल्पिक मार्ग काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागी काम भइरहेको उनले बताए ।

स्मरण रहोस गत हिँउदको समयमा नदि नियन्त्रण तथा ब्यबस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले पालिका अध्यक्ष शेर्पा तनाव अवास्थामा छन् । खोलालाई पुरानै धारमा फर्काउनका लागि करोडौं बजेट खर्च भईसकेको छ । तर सोचेको जस्तो उपलब्धी हुन सकेको छैन । हेलम्बुमा दिर्घकालिन योजना बिना जथाभावी खोलामा मेसिन हाल्न रोक लगाउने अध्यक्ष शेर्पाले ठोकुवा गरे ।

केहि दिन देखिको लगातार बर्षाले मेलम्ची खोलामा आएको बाढी द्बारा अबरुद्ध हेलम्बु सडक अन्तर्गत ग्याल्थुम बजार नजिकै साउन ३१ मा धेरै प्रयासपछि बाटो खुलाइएको भएपनि ३१ गते बेलुका नै पहिरो आएर बाटो अवरुद्ध भएको पालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिईन । बाटो अवरुद्द भएपछि ढुङ्ग्रे बजार भन्दा माथी ग्याल्थुम टार हूँदै ग्याल्थुम बजार हुदै सर्वसाधारणलाई हिडडुल गर्न उनले आग्रह गरिन ।