सिन्धुपाल्चोकमा पनि यसरी मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस

साउन २४, चौतारा । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहँदा सिन्धुपाल्चोकका पनि आदिवासी जनजातीहरुले विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।

आदिवासी जनजाती दिवस कार्यक्रमको उदघाटन गर्दै प्रदेश सांसद माईली तामाङ

आफूले निर्धारण गरे अनुरूपको ‘परविर्तनको संवाहक आदिवासी युवाहरू’ भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा प्रदेश सांसद माईली तामाङको प्रमुख आतिथ्य तथा चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठको विशेष आतिथ्यतामा गरिएको नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक शाखाले जनाएको छ ।

दिवसका अवसरमा सदरमुकाम चौतारा बजारमा ¥याली समेत गरी औपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रममा बागमति प्रदेश सांसद माइली तामाङले आदिवासी युवाको सक्रियता र सशक्तिकरणमा विशेष जोड दिदै कार्यक्रम औचित्यपूर्ण रहेको धारणा राखिन । ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठले आदिवासी जनजातीहरु आफ्नो हकअधिकारको लागि संधै एकजुट भएर अघि बढ्नुपर्ने सुझाब दिए ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

आदिवासी जनजाती माहासंघ सिन्धुपाल्चोकद्वारा सम्मानित हुँदै सञ्चारकर्मी कमला पाख्रिन

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
यसैबीच उक्त कार्यक्रमको अवसरमा आदिवासी जनजाती माहासंघ सिन्धुपाल्चोकले सञ्चारकर्मी कमला पाख्रिनलाई सम्मान गरेको छ । पाख्रिन कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता हुन् ।