चौतारा साँगाचोकगढीले ल्यायो १ अर्ब माथिको बजेट, भौतिक बिकास संगै सामाजिक बिकासमा जोड


निर्मल बस्नेत
८ असार (२०८०) चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१को लागि १ अर्ब भन्दा माथिको बजेट ल्याएको छ । नगरपालिकाले १४ औँ नगरसभामार्फत २४ करोड ५२ लाख रकमको बजेट सार्वजनिक गरेको छ । शुक्रबार भएको नगरसभामा नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा कृषि तथा पशुन्छी विकास, रोजगार, स्वास्थ्य,शिक्षा, पर्यटन, भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखेको छ । नगरले प्रस्तुत गरेको बजेटमा भौतिक विकासको साथै सामाजिक बिकासलाई पनि महत्व दिएको छ ।

नगरपालिकाले विभिन्न साझेदार संस्थाहरुसंग सवन्वय गरि गर्ने कार्यक्रको लागि पनि विषेस महत्वकासाथ २ करोड विनियोजन गरेको छ । कृषि क्षेत्रका लागी ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ भने पशु विकास सेवाका लागी १ करोड ५० लाख र रोजगार सिर्जनाका लागी १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै स्वास्थ्य तर्फ ३ करोड, शिक्षा युवा तथा खेलकुद तर्फ ४ करोड ७० लाख रकम विनियोजन गरेको छ । नगर गौरवका योजनाका लागी १ करोड विनियोजन गरेको छ ।

पुर्वाधार तर्फ सिंचाई खानेपानी तथा सरसफाई समेतलाई गरी ८ करोड बजेट बिनियोजन गरीएको नगरपालिकाले जनाएको छ । बिभिन्न वडा कार्यलय भवन निमार्ण तथा भवन मर्मतका लागी १ करोड ५० लाख बजेट विनियोजन यरीएको छ । लक्षित वर्गका लागी लक्षित गरि १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । र, प्रत्येक वडाको लागि ८५ लाखको दरले ११ करोड ९० लाख रुपैया वडास्तरीय योजनाको लागि बिनियोजन गरेको छ ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षता सपन्न नरगसभाले आम नागरिकको जीवनस्तर उकास्न बजेट केन्द्रित गरेको बताइएको छ । नगरसभावाट ल्याएको बजेट एक आर्थिक बर्षको लागि भनेर ल्याईएको हो ।
नगरसभामा नगरपालिकाको आर्थिक ऐन र बिनियोजन बिधेयक २०८० पनि प्रस्तुत भएको थियो । प्रस्तुत विधेयकको आर्थिक ऐनमा नगरभित्र राजस्व संकलन तथा व्यवस्थापनको कुरा उल्लेख छ । त्यस्तै बिनियोजन विधेयकमा नगरले विषयगत रुपमा विनियोजन गरेको शिर्षकमा कुनैमा बचत र कुनैमा अपुग देखिएमा रकमान्तर गर्न सकिने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

चौतारा नगरापलिकको नगर कार्यसभाको बैठक आउँदो असार २८ गते पुनः बस्ने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।