जुगलले गर्याे एक बर्षे उपलब्धि सार्वजनिक ,पदभार ग्रहण गर्दाकाे संकल्प पुरा गरेका छाैँ – अध्यक्ष स्याङ्बाे

निर्मल बस्नेत – चनाैटे,
सिन्धुपाल्चोक ,३१ जेठ २०८०) । सिन्धुपाल्चोकको १२ स्थानीय सरकारहरु मध्ये अति बिकट मानिने जुगल गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेकाे छ । बुधवार श्री रत्न राज्य माध्यमिक बिद्यालयकाे सभाहलमा सार्वजनिक सुनवाई गरेको हाे । उक्त अवसरमा २०७९ साल बैशाखमा निर्वाचित भएपछि पदभार ग्रहण गर्दाकाे पहिलाे संकल्प पुरा गरेकाे गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाेले बताए ।
गाउँपालिका अध्यक्ष स्याङ्वाेले भने “पदभार ग्रहण गर्दै गर्दा आफुले शहीद परिवारकाे जीवन बिमा गर्ने गरेका थिए त्याे पुरा गरिएकाे छ । ” १० बर्षिय जनयुद्ध र बिविध परिवर्तनको अान्दाेलनमा शहीद भएका परिवार र अतिवित्पन्न भएका गाउँपालिकाभरका ३० जनाकाे जीवन बिमा गरिएकाे जानकारी गराए । उनका अनुसार पहिलाे चरणमा पालिकाले ईन्याेरेन्स कम्पनीसंग समन्वय गरि रु १ लाख बिमाङ्क रहेकाे बिमालेख जारी गरिएकाे छ । र, याे आर्थिक बर्षमा पनि यसलाई निरन्तरता दिने भनेका छन् ।

“सामाजिक न्यायसहितको समृद्ध जुगल” निर्माणका लागि शिक्षा, स्वास्थ्य उत्पादन र रोजगारकाे ४ खम्वे रणनीतिक याेजनालाई कार्यनीतिमा बदल्दै अघि बढ्ने संकल्प गरेकाे छ । यी संगै भर्खरै नेपाल सरकारकाे याेजनामा समेत समाबेश गरि जुगल हिमलकाे ५ वटा हिमशृङ्खलाहरुमा आराेहण खुला गरि पर्यटन प्रबर्द्धनका महत्त्वपूर्ण याेजना समेत अघि सारेकाे छ ।
१ बर्षसम्म गरिएका बिषयगत कामहरुकाे उपलब्धि र बितिय प्रगति सार्वजनिक गरेकाे छ । पालिकाले एक वडा एउटा गाैरबकाे याेजना निर्माण गर्ने लक्ष्य अनुरुप कामसमेत अघि बढाएकाे छ । जसमा वडा नम्बर १ मा सेलाङमा मिनि रंगशाला, २ काे सिदुर्चेमा सिवकाे प्रतिमा सहित जुगल भ्यू प्पाईन्ट , ३ काे गुम्बामा पर्यटन अध्ययन केन्द्र , ४ काे सुनखाेलामा जडिबुटी प्रसाेधन केन्द्र , ५ काे ढाँडेमा कृषि उपज केन्द्र र चनाैटेमा १० सैयाकाे अस्पताल , ६ काे हगाममा मञ्जु श्री पार्क र ७ काे याङलाकाेटमा बहुसाँस्कृतिक सङ्ग्राहलय निर्माण गर्ने याेजनालाई बिशेष प्राथमिकता दिएको छ ।

गाउँपालिकाको सर्वपक्षिय बिकासका लागि स्थानीय स्रोत,साधनहरुकाे प्रयाेग गर्ने एवं आवश्यकताकाे आधारमा योजनाहरुलाई प्राथमिकतामा राखी पालिकास्तरको योजनाहरु सम्पन्न गर्दै सामुहिक उत्पादनमा जोड दिएको छ ।
निति तथा योजनामा आर्थिक, सामाजिक, पुर्वाधार विकास,वन वातवारण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध जुगल निर्माणका लगि लागु गरिएको आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमको शाखागत प्रगति बिवरण याेजना शाखामा कार्यरत कर्मचारी सुरज ढकालले प्रस्तुत गरेका थिए ।

साथै सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, महिला सहभागीता, लक्षित बर्गका याेजनाहरुलाई बिशेष जाेड दिई गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने र गाउँपालिकाले निर्यातलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । कतिपय सहभागिहरुले पालिकाले गरेकाे कामकाे दिर्घकालिन फाईदा र प्रभावबारे कतिकाे गम्भीर रहेकाे छ ? र, यसकाे सन्दर्भमा के कति अनुगगन भएकाे छ भनि प्रश्न गरिएकाे थियाे । सहभागीको प्रश्नको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गाउपलिकाले दिने सेवा सुबिधाहरुमा कुनै पनि कमी कमजोरी नहुने र प्राप्त ससझावकाे आधारमा याेजना निर्माण गरि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले पुजिगत खर्च जेठ ३० सम्म ४३ प्रतिशत पुगेपनि असाढ २० सम्ममा ६० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य राखिएकाे बताए ।
पालिका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले पालिकाले सुशासन र सस्थागत बिकासमा जाेड दिदै आगामी नीति तथा बजेट निर्माण गरिने बताएका छन् । उनका अनुसार आफुलाई पनि अनुगनकाे प्रकृयालाई कडाइका साथ लागु गर्न पटक पटक सुझाव आएकाेले आगामी दिनमा गम्भीरताका साथ लागिपर्ने बताए ।

आर्थिक बर्ष २०७९/०८० काे सार्वजनिक सुनुवाई तथा आमामी २०८०/०८१ काे नीति तथा कार्यक्रममाथि छलफल कार्यक्रमकाे गाउँपालिकाका नावय सुब्बा सुरज गिरीले सहजीकरण गरेका थिए भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले शब्दहरुद्वारा सवागत गरेकी थिईन् ।