लिसंखुपाखर गाउँपालिकाद्वारा एकवर्षे कार्यकालको प्रगतिविरण सार्वजनिकीकरण
दिनेश दुलाल
जेठ १४, अत्तरपुर । लिसंखुपाखर गाउँपालिकाले आफ्नो एकवषर््ो कार्यकालको प्रगतिविरण सार्वजनिकीकरण गरेको छ ।
आन्तरिक आम्दानीको हिसाबले जिल्लाकै सबैभन्दा कान्छो लिसंखुपाखरले जनप्रतिनिधिहरुको पहिलो वार्षिक प्रगति विवरण तथा समिक्षा सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम राखेर आईतबार सार्वजनिकीकरण गरेको हो ।
दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात स्थानीय सरकारको रूपमा काम सुरू गरेको जेठ ९ गते एक वर्ष पूरा भएसंगै पालिकाले हाँसिल गरेका प्रगतिविवरण गाउँपालिका अध्यक्ष राजु लामाले जिल्लाका सञ्चारकर्मीहरु माझ सार्वजनिकीकरण गरेका हुन् ।
स्थानीय तह संस्थागतक्षमता स्वमूल्यांकन (लिजा) मा ७२.७५ अङ्क प्राप्त गरेर पालिका भरिकै राम्रो नतिजा ल्याउन सफल लिसंखुपाखरले राष्टिय प्राकृतिक स्रोत तथा वृत्त ब्यवस्थापन आयोगले सार्वजनिक गर्ने कार्यसम्पादन मुल्यांकनमा समेत ४६.९५ अङ्क प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष लामाले बताए ।
गाउँपालिकाले तयार पारेको प्रगतिविवरण प्रस्तुत गर्दै पालिका अध्यक्ष लामाले लिसंखुले भौतिक पूर्वाधार तर्फ ७२.०० प्रतिशत प्रतिशत वृत्तिय प्रगती हाँसिल गर्न सफल भएको बताए । उनका अनुसार पालिकाले एक वर्षको अवधिमा ५ कि.मि सडक सोलिङ, विभिन्न वडामा ३० वटा सामुदायिक, २ वटा विधालय, १ वटा स्वास्थ्य चौकी भवन, २ वटा झोलुङ्गे पुल, १६ कि.मि नयाँ सडक, १४०० मि. सडक कालो पत्रे र थप २४० घरहरूमा खानेपानी विस्तार गरेको छ ।
यसैवर्ष गाउँपालिकाकै बजेटमा पहिलोपटक ककलिङ पेट्कु सडकको कालोपत्रे कार्य सम्पन्न गरेको गाउँपालिकाको २१ किलोबाट अत्तरपुर सम्मको सडक कालोपत्रे गर्ने अन्तिम चरणमा रहेको जानकारी दिए ।
त्यस्तै गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको चरणमा रहेको गाउँपालिकाले असारे विकासलाई निरूतसाहित गर्न फाल्गुन महिना भित्र सबै योजनाहरूको सम्झौता गरी कार्य सम्पन्न भई वैशाख मसान्त सम्म ७० प्रतिशत वृत्तिय प्रगती हाँसिल गरेको गाउँपालिकाले सम्झौता बमोजिम कार्य नगर्ने निर्माण ब्यवसायी संगको ठेक्का समझौता रद्द गरी काम नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइ ठेक्का बाट निस्कासन गर्ने र राम्रो काम गर्ने निर्माण ब्यवसायीलाइ सम्मान गर्ने सन्देश दिएको छ ।
उनका अनुसार पालिकाले सामुदायिक विधालयको शैक्षिक गुणस्तर अभिवृद्धी गर्ने उद्देश्यले सार्वजनिक पद धारण गरेका ब्यक्तिहरूले सामुदायिक विद्यालयहरूमा आफ्ना सन्तान अनिवार्य भर्ना गराउने अभियानको थालनी गरको छ । जुन पहिलो चरणमा निकै चर्चाको विषय बनेको थियो ।
एक वर्षको अवधिमा पालिकाले हाँसिल गरेको मुख्य–मुख्य उपलब्धीहरुको चर्चा गर्दै पालिका अध्यक्ष लामाले अजरवैजानमा हुने विश्व चेमपियन तेकवान्दो प्रतियोगितामा सहभागी हुने सोही पालिका वडा नं ५ की तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाइ नगद २ लाख सहयाता दिएर खेल क्षेत्रलाई हौसला दिएको बताए । उनले प्रस्तुत गरेको प्रगति पुस्तकमा उल्लेख गरिएअनुसार गाउँपालिका भित्रका लिसंखु, जेठल र डाडापाखर स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा भिडियो एक्स–रे सेवा प्रदान गरिएको छ । त्यस्तै आर्युवेदिक तर्फ हाल सम्म ४३२ जनालाइ योगा शिक्षा ५६८ जनालाइ फिजियोथेरापी सम्बन्धी सेवा प्रदान गरेको छ ।
वडा नं ४ र ५ सिक्रे, ताम्चे र निगालेमा आलु पकेट पकेट क्षेत्र घोषणा गरेको पालिकाले वडा नम्बर ६ मा समन्वय समिति बनाई ५० प्रतिशत लागत सहभागितामा १५० जना कृषकलाइ समेटी ६५० रोपनी क्षेत्रफलमा आलु पकेट विकास कार्यक्रम सन्चालन गरेको छ ।
स्मरण रहोस पाालिकाको वडा नं ७ ठूलोपाखरमा बागमति प्रदेश कृषि विकास मन्त्रालयको साझेदारीमा शित भण्डार (कोल्ड स्टोर) निर्माण कार्य सम्पन्न भईसकेो छ ।
त्यस्तै गाउँपालिकाले ५० प्रतिशत अनुदानमा २० जना कृषकहरूलाई ३०८ वटा किवि टिबार वितरण गरी किवि खेती विस्तारका लागि कृषकहरूलाइ अनुदान प्रदान गरेको छ ।उद्योगको क्षेत्रमा लगानी सम्मेलन गर्ने तयारीमा रहेको पालिकाले बेरोजगार सूचीमा जम्मा २२५० जना बेरोजगार ब्यक्तिहरू सूचिकृत भएको र उनीहरुलाई लाभग्राही परिचय पत्र वितरण गरिेको छ ।
वडा कार्यालय र सो मातहत रहेका सबै सार्वजनिक निकायका साथै सबै सामुदायिक विधालय र स्वास्थय संस्थाहरूमा फ्रि इन्टरनेट जडान गरी विद्यतीय तथा डिजिटल माध्यम बाट सेवा प्रवाह गर्ने थालनी गरेको गाउँपालिकाले एक वर्षिय अवधिमा जम्मा कार्यपालिका बैठक १८ वटा समपन्न गरेको जनाएको छ । पालिकाले राजस्वको दायरा बढाई गाउँपालिकाको आन्तरिक आयमा बढोत्तरी गर्ने सन्दर्भमा वडा नं १ ठुलोधादिङमा स्लेट ढुङ्गाको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिएको जनाएको छ । पालिका अध्यक्ष लामाले कला, साहित्य तथा स्थानीयको धर्म संस्कृतिको संरक्षण गर्न पालिका स्तरीय प्रज्ञा प्रतिष्ठान निर्माण गर्ने समेत बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष मिठुदेवी लामाले न्यायिक समितिको बैठक तथा इजलास ३१ पटक बसिएको र २ वटा लगत कट्टा गरी १५ वटै उजुरी न्यायिक समितिबाट निरूपण गरिएको बताईन । पालिका उपाध्यक्षको भूमिका असाध्य गहन रहेको बताउँदै पालिका अध्यक्ष लामाले योजनाहरुको अनुगमन तथा न्यायिक समितिको पाटो निकै गहन र चुनौतिपूर्ण रहेको बताईन ।
कार्यत्रक्रममा प्रमख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्टले आ.व. २०७९÷०८० को जेठ ९ सम्ममा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान, समपुरक अनुदान, जिल्ला समन्वय समितिबाट प्राप्त भएको रकम र आन्तरिक आम्दानी गरी कूल जम्मा रु. ४७ करोड ६४ लाख ९६ हजार ९ सय पचास रूपैयाँ ४० पैसा अर्थात कूल बजेटको ८२.८० प्रतिशत आम्दानी प्राप्त भएकोमा चालु खर्च तर्फ रु. २४ करोड १० लाख ३७ हजार २ सय ४२ रूपैयाँ ८० पैसा अर्थात चालु खर्चमा विनियोजित बजेटको ६२.६३ प्रतिशत भएको र पूँजीगत खर्च तर्फ रु. १२ करोड ६१ लाख चार सय ६५ रूपैया ३८ पैसा अर्थात पूजीगत खर्चमा विनियोजित बजेटको ६६.८३ प्रतिशत खर्च गरीएको उनले बताए ।
कूल बजेटको ३६ करोड ७१ लाख ३७ हजार ७ सय ८ रूपैया १८ पैसा अर्थात ६४.०१ प्रतिशत बजेट कार्यन्वयन गर्न सक्नु निकै उपलब्धीमुलक भएको ठोकुवा गरे । १ वर्षमा कुल रू ४८ करोड ६८ लाख ६५ हजार सात सय सत्तहत्तर रूपैयाँ २४ पैसाको बजेट कार्यान्वयन गरी जम्मा रू ८४ करोड ७६ लाख खर्च गरिसकिएको पालिकाले वेरुजु समेत भारी मात्रमा कटौती गर्न सकिएको दावी गरे । वडा अध्यक्ष लगाएत जनप्रतिनिधि, कर्मचारी तथा पत्रकार सहभागी कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरुले केही जिज्ञासा राखेका थिए भने पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले जिज्ञासा मेटाएका थिए ।