मेलम्ची नगरपालिकाद्वारा एक वर्षको प्रगति तथा पञ्चवर्षीय आवधिक योजना सार्वजनिकीकरण
दिनेश दुलाल
जेठ ६ (२०८०), मेलम्ची । सिन्धुपाल्चोकको जिल्लाको मेलम्ची नगरपालिकाले एक वर्षको प्रगति तथा पञ्चवर्षीय आवधिक योजना सार्वजनिकीकरण गरेको छ ।
स्थानीय तह निर्वाचान २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालको प्रथम वर्षको प्रगति प्रतिवेदन र पञ्चवर्षीय आवधिक योजना आज शनिबार सार्वजनिकीकरण गरको हो ।
पत्रकार भेटघाट कार्यक्रममा जनप्रतिनिधिहरुको एकवर्षे कार्यकालको प्रगतिविवरण प्रस्तुत गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले एकवर्षको कार्यकाल उपलब्धीमूलक भएको प्रतिक्रिया दिए ।
नगरको सभाहलमा आयोजित पत्रकारभेटघाट कार्यक्रममा नगरप्रमुख तामाङले पहिलो कार्यकालमा चुनाव ताका जनतासंग बाचा गरिएका योजनाहरु ज्यादै रहेकोले बजेट छर्नु परेको स्मरण सुनाउँदै आगमी ५ वर्षको लागि प्रथम आगमी योजना निकै महत्वपूर्ण र महत्वकांक्षी रहेको बताए ।
समष्टिगत दीर्घकालीन सोच, लक्ष, उद्देश्य र रणनीति दीर्घकालीन सोंच अनुसार ‘सन्ुदर, आत्मनिर्भर र समृद्वशाली मेलम्ची नगर’ बनाउने योजना अनुसार नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा नगरप्रमुख तामाङले एकवर्षे कार्यकालमा विभिन्न शिर्षकमा गरी १७ बुँदामा नगरले गरेका जनताका आधारभूत उपलब्धीहरुको बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए ।
नगरपालिकाबाट सम्पादन भएका कार्यहरुमध्ये चालु आ.व भएका फरक र नविनतम कार्यहरुको बारेमा चर्चा गर्दै नगरप्रमुख तामाङले स्थानीय स्तरमा माध्याम स्तरीय प्राविधिक जनशक्ती तयार गर्नको लागि कक्षा ९ देखि १२ सम्म ४ जनालाई सिभिल ईन्जिनियरिङ तथा दुईजना विद्यार्थीलाई कृषि, विज्ञान विषयमा डिप्लोमा अध्यायनका लागि छात्रवृद्विको व्यवस्था सुरु गरिएको उल्लेख गरेका छन् ।
त्यस्तै नगरपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पालिका भित्रको वर्थिङ सेन्टरमा आउन जान र नगरअस्पतालबाट रेफर गरेका अन्य संस्थाहरुमा जानको लागि निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको, संघीय सरकारबाट उपलब्ध गराएको मासिक प्रअ भत्तामा नगरपालिकाको आन्तरिक स्रोतबाट थपहुने व्यवस्था गरेको उल्लेख गरेका छन् ।
यस्तै विद्यालयहरुलाई कृषि कर्मसंग जोड्नका लागि तीनवटा विद्यालयहरुमा नमुनाका रुपमा विद्यालय कृषि कार्यक्रमको सुरुवात भएको, शैक्षिक सत्र २०८० बाट विद्यालयहरुमा स्थानीय पाठ्यक्रम स्विकृत गरी लागु गरिएको चालु आ.व २०७९÷०८० मा शिक्षा पूर्वाधार विकास कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका ८ वटा विद्यालयहरुमा शिक्षा, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन् ।
यस्तै नगरस्तरीय खेलकुद समिति गठन गरी विभिन्न विधाका खेलाडीहरुलाई प्रोत्साहित गर्न विभिन्न खेलहरुको आयोजना गरी आर्थिक सहयोग गरेको, स्थानीय आपतकालिन सञ्चालन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको र नगरपालिकाको आन्तरिक स्रोतबाट कक्षा ७ र ८ मा दिवा खाजा कार्यक्रम थप गरिएको तथा ईन्सिनेटर मेसिन तथा सहज पहुँचका लागि भेन्डिङ मेशिन जडान गरिएको उल्लेख गरेका छन् ।
यस्तै जिल्ला समन्वय समितिद्वारा गरिएको गुणस्तर परिक्षणमा ८९.५ अंक प्राप्त गरी यस नगरपालिका जिल्लाभित्र प्रथम र बागमति प्रदेशमा दोस्रो स्थान हाँसिल गरेको, लंैगिक समानता तथा सामाजिक समावेशीकरण, परिक्षणमा कुल ७२ अंक सहित जिल्लाको उत्कृष्ट पालिका बन्न सफल भएको उल्लेख गरेका छन् ।
नगरले आवधिक योजना निर्माण गरिएको, नगरपालिकाबाट प्रधान गरिने सेवाको कार्य प्रकृति र कार्य बोझको आधारमा कर्मचारी, संगठन संरचनाको पुनरावोलकन गरिएको र एकवडा एक कृषि तथा पशु प्रविधिको व्यवस्था गरिएको उल्लेख गरेका छन् ।
यस्तै वडा नं ३, ८, १० र १३ का वडा कार्यालय भवन सम्पन्न भई सेवा प्रदान गरिएको र चालु आ.व.मा पूँजीगततर्फ ६० प्रतिशत भौतिक प्रगति र ४०.११ प्रतिशत वित्तिय प्रगति हाँसिल भएको उल्लेख गरेका छन भने चालु खर्च तर्फ ६३.४२ प्रतिशत वित्तिय प्रगति हाँसिल भएको जनाएका छन ।
जसअनुसार आ.व २०७९÷०८० को बैशाख मसान्त संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण, राजश्व वाँडफाँड, सर्शत, समपुरक अनुदान, प्राकृतिक श्रोतबाट प्राप्त हुने रोयल्टी, सडक बोर्ड कार्यक्रम र आन्तरिक आम्दानी गरी कुल जम्मा रु एकअर्ब २८ करोड प्राप्त भएको नगरले जनाएको छ । खर्चमा आ.व २०७९÷०८० को बैशाख सम्म चालु खर्च तर्फ रु ५५ करोड, ४२ लाख (६०.२२ प्रतिशत) र पूँजिगत खर्चतर्फ रु २९ करोड ३४ लाख ३८.०२ प्रतिशत गरी कुल जम्मा ८४ करोड ७६ लाख खर्च भएको जनाएको छ ।
१०६ विपन्न वर्गका व्यक्तिहरुलाई कृषि अनुदान दिएको नगरले पर्यटकीय क्षेत्र गुफा डाँडाको १ खर्ब ५२ करोडको महत्वकाँक्षी गुरुयोजना तयार गरेको जनाएको छ । यस्तै भोटेचौर पर्यटन विकास आयोजनामा २ करोड ५० लाखको काम भईरहेको नगरप्रमुख तामाङले जानकारी दिए ।
कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा मेयर तामाङ, उपप्रमुख उमा प्रधान र प्रमुख प्रशासकीय अधिकृत अमृत प्रसाद धितालले जवाफ दिएका थिए ।
स्मरण रहोस २०७८ को स्थानीय निर्वाचनपछि एकवर्षको समष्टिगत उपलब्धीका बारेमा सञ्चारकर्मीसंग भेट गर्ने मेलम्ची नगरपालिका पहिलो भएको छ ।